देवरको कुटाइबाट आठ महिनाको गर्भ खेर | Khabarhub Khabarhub

देवरको कुटाइबाट आठ महिनाको गर्भ खेर


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-देवरको कुटाइबाट एक महिलाको आठ महिनाको गर्भ खेर भएको छ । ललितपुर लप्सीगौराका सन्तोष थापामगरको कुटपिटका कारण उनकी भाउजू पवित्रा थापामगरको गर्भ खेर गएको हो । प्रहरीले भाउजूमाथि कुटपिट गर्ने थापामगरलाई बिहीबार पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ ।

महानगरीय प्रहरी वृत्त ललितपुरका प्रमुख गौतम केसीले देवरको कुटपिटबाट भाउजू पवित्राको गर्भ खेर गएको जानकारी दिए । कुटपिटका कारण आठ महिनाको गर्भ खेर गएको उजुरी परेपछि उनलाई पक्राउ गरेको केसीले बताए । प्रहरीका अनुसार सन्तोषले आठ महिनाकी गर्भवती भाउजू पवित्रामाथि हातपात गरेका थिए । टाउको र पेटमा चोट लागेका कारण पवित्राको गर्भमै शिशुको मृत्यु भएको प्रहरीको भनाइ छ ।

‘हामीले घटनास्थल पुगेर पीडित महिलासँग बयान लियौँ । देवरले कुटपिट गरेपछि गर्भ खेर गएको उनले बताइन् । उनको टाउकोमा चोट लागेको देखियो । सन्तोषलाई पक्राउ गरिसकेका छौँ । पीडितको पक्षबाट जाहेरी परेको छ, घटना सम्बन्धमा थप अनुसन्धान हुँदै छ,’ उनले भने । पवित्रालाई उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको छ ।

खण्डीकरणले घट्दैछ भक्तपुरको खेतीयोग्य जमिन शीर्षकको अर्को समाचारमा भक्तपुरमा जमिनको खण्डीकरण बढेपछि खेतीयोग्य जमिन मासिँदै गएको छ । जग्गा प्लटिङ गरी खरिद बिक्री र आवास निर्माण गर्ने क्रमले खेतीयोग्य जमिन मासिएको हो । खेतीयोग्य जमिनमा कंक्रिट ठड्याउने र आवास क्षेत्र बनाउने क्रम बढेकाप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्लाका चारवटा नगरपालिकामध्ये कसैले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएका छैनन् । भएको कृषिभूमिको उपयोग र व्यावसायिक कृषि प्रवर्द्धनका लागिसमेत स्थानीय सरकार केन्द्रित नभएको किसानको गुनासो छ ।

मानव अधिकार सञ्चार प्रतिष्ठानले दूधपाटीमा बिहीबार गरेको ‘अग्र्यानिक कृषि र स्थानीय सरकारको नीति’ विषयक अन्तक्र्रियामा सहभागी गैर–सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम बजगाईंले भने, ‘यहाँ पर्याप्त खेतीयोग्य जमिन छ, तर हाम्रै बजारमा स्थानीय उत्पादन पर्याप्त छैन, कृषि क्षेत्र बर्सेनि निरुत्साहित बन्दैछ ।’

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ७ : २८ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते