देवरको कुटाइबाट आठ महिनाको गर्भ खेर « Khabarhub

देवरको कुटाइबाट आठ महिनाको गर्भ खेर


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-देवरको कुटाइबाट एक महिलाको आठ महिनाको गर्भ खेर भएको छ । ललितपुर लप्सीगौराका सन्तोष थापामगरको कुटपिटका कारण उनकी भाउजू पवित्रा थापामगरको गर्भ खेर गएको हो । प्रहरीले भाउजूमाथि कुटपिट गर्ने थापामगरलाई बिहीबार पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ ।

महानगरीय प्रहरी वृत्त ललितपुरका प्रमुख गौतम केसीले देवरको कुटपिटबाट भाउजू पवित्राको गर्भ खेर गएको जानकारी दिए । कुटपिटका कारण आठ महिनाको गर्भ खेर गएको उजुरी परेपछि उनलाई पक्राउ गरेको केसीले बताए । प्रहरीका अनुसार सन्तोषले आठ महिनाकी गर्भवती भाउजू पवित्रामाथि हातपात गरेका थिए । टाउको र पेटमा चोट लागेका कारण पवित्राको गर्भमै शिशुको मृत्यु भएको प्रहरीको भनाइ छ ।

‘हामीले घटनास्थल पुगेर पीडित महिलासँग बयान लियौँ । देवरले कुटपिट गरेपछि गर्भ खेर गएको उनले बताइन् । उनको टाउकोमा चोट लागेको देखियो । सन्तोषलाई पक्राउ गरिसकेका छौँ । पीडितको पक्षबाट जाहेरी परेको छ, घटना सम्बन्धमा थप अनुसन्धान हुँदै छ,’ उनले भने । पवित्रालाई उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको छ ।

खण्डीकरणले घट्दैछ भक्तपुरको खेतीयोग्य जमिन शीर्षकको अर्को समाचारमा भक्तपुरमा जमिनको खण्डीकरण बढेपछि खेतीयोग्य जमिन मासिँदै गएको छ । जग्गा प्लटिङ गरी खरिद बिक्री र आवास निर्माण गर्ने क्रमले खेतीयोग्य जमिन मासिएको हो । खेतीयोग्य जमिनमा कंक्रिट ठड्याउने र आवास क्षेत्र बनाउने क्रम बढेकाप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्लाका चारवटा नगरपालिकामध्ये कसैले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएका छैनन् । भएको कृषिभूमिको उपयोग र व्यावसायिक कृषि प्रवर्द्धनका लागिसमेत स्थानीय सरकार केन्द्रित नभएको किसानको गुनासो छ ।

मानव अधिकार सञ्चार प्रतिष्ठानले दूधपाटीमा बिहीबार गरेको ‘अग्र्यानिक कृषि र स्थानीय सरकारको नीति’ विषयक अन्तक्र्रियामा सहभागी गैर–सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम बजगाईंले भने, ‘यहाँ पर्याप्त खेतीयोग्य जमिन छ, तर हाम्रै बजारमा स्थानीय उत्पादन पर्याप्त छैन, कृषि क्षेत्र बर्सेनि निरुत्साहित बन्दैछ ।’

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ७ : २८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।