एमाले शीर्ष नेता १०औँ महाधिवेशन स्थलको अवलोकनमा « Khabarhub

एमाले शीर्ष नेता १०औँ महाधिवेशन स्थलको अवलोकनमा


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा (एमाले)का शीर्ष नेताहरूले पार्टीको १०औँ महाधिवेशन स्थलको अवलोकन गरेका छन् ।

एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल लगायतका नेताले महाधिवेशनको उद्घाटन र बन्द सत्र हुने स्थानको अवलोकन गरेका हुन् ।

नेताहरूले उद्घाटन सत्र हुने स्थान नारायणी नदी किनारको निरीक्षण गरेर बन्द सत्र हुने स्थान सौराहा पुगेका छन् । एमालेको १०औँ महाधिवेशन १०-१२ मंसिरमा हुँदै छ । बन्द सत्र सौराहाको बाघमारामा हुने तय भएको छ ।

महाधिवेशनमा देशभरबाट दुई हजार प्रतिनिधि सहभागी हुनेछन् । सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव ईश्वर पोखरेलले महाधिवेशन स्थलको निरीक्षण र आवश्यक तयारीका लागि चितवन आएको बताए । उनले स्थलगत निरीक्षणपछि छलफल गरिने र आवश्यक तयारीका काम अगाडि बढाउने जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  १ : २५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले