पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लवले ३० गते नेपाल बन्द गर्ने | Khabarhub Khabarhub

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लवले ३० गते नेपाल बन्द गर्ने


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कात्तिक ३० गते नेपाल बन्दको आह्वान गरेको छ।

जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु को मूल्यवृद्धिविरुद्ध नेपाल बन्द गर्ने जनाएको छ।

पार्टीका महासचिव विप्लवले बिहीबार प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका छन्।

कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचारप्रसार र साँझ मसाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन, दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मसाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेका हुन्।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  २ : ४० बजे

वीरेन्द्रनगरबाट १३ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका-४ खोर्केखोला लाइन बस्ने ५५ वर्षीय भरत शाहीको घरबाट सुनका

नीति अभावले करोडौँको काठ वनमै कुहिँदै

कञ्चनपुर– वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरिएको पाँच वर्ष बितिसक्दा

डुबेर एक जनाको मृत्यु

बारा– कलैया उपमहानगरपालिका-३ गंगापुर बस्ने राम ईश्वर साहको छोरा ७ वर्षीय

बौद्धमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– काठमाडौँको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले

पर्वतमा एक वर्षमा ४५ किलोमिटर ग्रामीण सडक कालोपत्र

पर्वत– यहाँ झण्डै तीन हजार किलोमिटर बराबर सडक सञ्जाल फैलिएको