कारागारभित्र कैदीको शंकास्पद मृत्यु | Khabarhub Khabarhub

कारागारभित्र कैदीको शंकास्पद मृत्यु


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- जिल्ला कारागार मोरङभित्र बुधबार राति एक कैदीको मृत्यु भएको छ ।

जबरजस्ती करणी मुद्दामा ६ वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङ रतुवामाई नगरपालिका–१० साविक इटहरा–८ का ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो ।

पेट दुखेपछि उपचारका लागि बिहीबार राति १ बजे कोशी अस्पताल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको निमित्त जेलर राम पोखरेलले जानकारी दिए । मृतक थापाको शव कोशी अस्पतालमै राखिएको छ । उनले आफन्तलाई शब बुझ्नन बोलाएको बताएका छन् । आफन्तले शव पोष्टमार्टम गर्ने कि नगर्ने भन्ने बिषयमा समेत छलफल नभएको उनले बताए ।

मोरङ कारागारभित्र केही दिनअघि मात्रै कैदीबन्दीहरूको दुई समुहबीच झडप भएको थियो । कात्तिक मण्डलको नेतृत्वमा चौकीदार किरण गुरुङसहित नाईके र भाईनाइकेहरूलाई नियन्त्रणमा लिएर कुटपिट भएपछि झडप भएको थियो ।

झडपमा थापा संलग्न थिए थिएनन् भन्ने खुलेको छैन । थापाको कुटपिटबाट मृत्यु  भएको हुन सक्ने उनका भाइ हरि थापाले बताए ।

मृतक नारायणका नातामा काका पर्ने शंकर थापाले भतिजाको हत्या रहस्यमय रहेको बताएका छन् । बिरामी भएको जनाकारी नगराई मरेको मात्रै सूचना दिनुले शंका उत्पन्न भएको थापाले बताए ।

 

 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ३ : २४ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता