पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विप्लवको प्रदर्शन (भिडियो) « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विप्लवको प्रदर्शन (भिडियो)


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिबिरुद्ध बिप्लव नेतृत्वको नेकपाले काठमाडौँमा बिरोध प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरूद्ध तत्काल फिर्ता लिन माग गर्दै नेकपाले बिहीबार काठमाडौँको शान्ति वाटिकामा बिरोध प्रदर्शन गरेको हो ।

जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्य वृद्धि गर्दै आएको उसको आरोप छ । प्रदर्शनका क्रममा नेकपाका कार्यकर्ताले एमसीसी खारेज हुनुपर्ने, जनमत संग्रहको घोषणा गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा नेकपाका नेता माइला लामाले सरकारले गरेको जनबिरोधी कामलाई हेरेर बस्न नसक्ने बताए । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरूद्ध आन्दोलन कार्यक्रम घोषणा समेत गरेको उनले बताए ।

आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी ७५ रूपैयाँ बढाएर ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ कायम गरेको छ भने पेट्र‍ोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ४ : ५५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार