पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन ६ विद्यार्थी संगठनको माग « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन ६ विद्यार्थी संगठनको माग


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा विरोध जनाउँदै ६ विद्यार्थी संगठनले मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले बिहीबार विज्ञप्ति जारी गर्दै मूल्य वृद्धि फिर्ता लिन भनेका हुन् । उनीहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई मूल्य वृद्धि तत्काल फिर्ता लिन भन्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियु,जसपा निकट समाजवादी विद्यार्थी संघ, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा निकट अखिल क्रान्तिकारी, र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौले सँयुक्त विज्ञप्ति जारी गर्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कार्तिक २६ गते बिहान ९ बजेदेखि ११ बजेसम्म आयल निगमका महाप्रबन्धकलगायत कर्मचारीलाई प्रवेश निषेध तथा घेराउ गर्ने चेतावनी उनीहरुले दिएका छन् । त्यस्तै कात्तिक २८ गते प्रदर्शनी मार्गमा खाली सिलिन्डर प्रदर्शन गरी विरोध जनाउने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कात्तिक ३० गते देशभर आयल निगमको कार्यलयमा कालो ब्यानर राखी बिरोध गर्ने र मङ्सिर २ गते माइतीघर मण्डलामा सड़क बहस गर्ने उनीहरुले जनाएका छन्।

नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैया, डिजलमा ३ रुपैया, मट्टितेलमा ३ रुपैया, हवाई ईन्धनमा ५ रुपैया र एलापी ग्यासमा ७५ रुपैया मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकता प्रति गैरजिम्मेवार बनेको भन्दै उनीहरूले मुल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने उनीहरूको माग छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ५ : ३३ बजे

भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

एजेन्सी– भेनेजुएलामा आएको दोहोरो विनाशकारी  भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन- निष्क्रिय खाता घटाउने कार्ययोजना लागू गर्नू

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह