पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन ६ विद्यार्थी संगठनको माग « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन ६ विद्यार्थी संगठनको माग


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा विरोध जनाउँदै ६ विद्यार्थी संगठनले मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले बिहीबार विज्ञप्ति जारी गर्दै मूल्य वृद्धि फिर्ता लिन भनेका हुन् । उनीहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई मूल्य वृद्धि तत्काल फिर्ता लिन भन्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियु,जसपा निकट समाजवादी विद्यार्थी संघ, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा निकट अखिल क्रान्तिकारी, र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौले सँयुक्त विज्ञप्ति जारी गर्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कार्तिक २६ गते बिहान ९ बजेदेखि ११ बजेसम्म आयल निगमका महाप्रबन्धकलगायत कर्मचारीलाई प्रवेश निषेध तथा घेराउ गर्ने चेतावनी उनीहरुले दिएका छन् । त्यस्तै कात्तिक २८ गते प्रदर्शनी मार्गमा खाली सिलिन्डर प्रदर्शन गरी विरोध जनाउने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कात्तिक ३० गते देशभर आयल निगमको कार्यलयमा कालो ब्यानर राखी बिरोध गर्ने र मङ्सिर २ गते माइतीघर मण्डलामा सड़क बहस गर्ने उनीहरुले जनाएका छन्।

नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैया, डिजलमा ३ रुपैया, मट्टितेलमा ३ रुपैया, हवाई ईन्धनमा ५ रुपैया र एलापी ग्यासमा ७५ रुपैया मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकता प्रति गैरजिम्मेवार बनेको भन्दै उनीहरूले मुल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने उनीहरूको माग छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ५ : ३३ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले