पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रधानमन्त्रीको पुत्ला दहन (भिडियो) « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रधानमन्त्रीको पुत्ला दहन (भिडियो)


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै प्रमुख प्रतिपक्षी निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

बिहीबार अनेरास्ववियुले प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसबाट विरोध प्रदर्शन सुरु गरेको थियो । त्यसपछि पुत्ला दहन गरिएको थियो ।

पुत्ला दहनमा प्रहरीले हस्तक्षेप गरी आगो निभाएको थियो ।

नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुनेगरी खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँ र डिजेल तथा पेट्रोलमा प्रतिलिटर ३–३ रुपैयाँ मूल्य बढाएको छ ।

निगमले १२ दिनको फरकमा दोस्रो पटक मूल्य बढाएपछि त्यसको चर्को विरोध भइरहेको छ । कांग्रेस निकटबाहेक अन्य सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले पनि मूल्य वृद्धिविरुद्ध आन्दोलन घोषणा गरेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ५ : ४९ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी