यी बानीमा सुधार गरे उमेर अगावै बुढो देखिनबाट बच्न सकिन्छ | Khabarhub Khabarhub

यी बानीमा सुधार गरे उमेर अगावै बुढो देखिनबाट बच्न सकिन्छ


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समयमा धेरै मानिसमा उमेर अगावै बुढ्यौली देखा पर्ने गरेको छ । यसमा गलत खानपान, अस्तव्यस्त जीवनशैली मुख्य कारक मानिन्छ । यस्तोमा कम उमेरमा नै बुढो नदेखिन केही बानीमा सुधार गर्नु पर्ने हुन्छ ।

क) पर्याप्त निन्द्रा
हरेक मानिसलाई न्यूनतम ७ देखि ८ घण्टाको निन्द्रा आवश्यक पर्दछ । पर्याप्त निन्द्रा नभए तनाव, मुटु रोग र उच्च रक्तचापको समस्या आउन सक्छ । त्यसैले यो बानी सुधार्नु पर्दछ ।

ख) तनावमा नरहने
लगातार तनावमा रहँदा शरीरमा केही यस्ता हर्मोन बन्न थाल्छ जसले शरीरमा नराम्रो असर पार्दछ । यसले अनुहारमा समय अगावै चाउरी निम्त्याउने गर्दछ ।

ग) लामो समयसम्म बस्नु
लगातार घण्टौँसम्म एकै ठाउँमा बसिरहँदा खाना राम्रोसँग पच्दैन । यस्तोमा मोटोपनाको सिकार हुन सकिन्छ । यसले स्वास्थ्यमा नकारात्मक असर र समय अगावै बुढो देखाउँछ ।

घ) कम पानी पिउनु
दिनभरि ८ गिलाससम्म पानी पिउनु पर्दछ । जसले छाला रुखो हुन दिँदैन र चाउरी हुनबाट जोगाउँछ ।

ङ) नशाको लत
मानिसमा भएको रक्सी, गाँजा, चुरोट र लागूपदार्थको नशाले शरीरमा कार्टिसोल नामक हर्मोन बन्न थाल्छ । यसले तनावलाई बढाउने गर्दछ र समय अगावै बुढो बनाउँछ ।

च) समयमा नखाँदा
बिहानको नास्ता, खाना वा समयमा खाना नखाँदा पनि थकान र कमजोरीको समस्या हुने गर्दछ । यसले छालामा नराम्रो असर पुर्‍याउने गर्दछ र समय पूर्व नै बुढो देखिन सक्छ ।

छ) अस्वस्थकर खाना
खानामा दूध, दही, पनिर, हरियो सागसब्जी वा अण्डा, माछा मासु जस्ता खानेकुरा समावेश नगर्दा शरीरले आवश्यक पोषक तत्त्व प्राप्त गर्दैन । मानिस उमेर अगावै बुढो देखिन्छ ।

ज) व्यायाम नगर्दा
दैनिक बिहान व्यायाम नगर्दा शरीर फिट हुँदैन । यसले मोटोपना, अपच, एसिडिटी र कब्जियतको समस्या हुन थाल्छ । यस्तोमा समय पूर्व नै बुढ्यौलीले छुने गर्दछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : ०० बजे

साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । सोमबार

प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलले अवरोध गरेका छन् ।

राष्ट्रियसभाबाट भन्सार विधेयक स्वीकृत

काठमाडौं– राष्ट्रियसभाबाट भन्सार विधेयक, २०८० स्वीकृत भएको छ । राष्ट्रियसभाको

प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

चीनमा घट्दै गएको जनसङ्ख्या बढाउन के गर्ने ? यस्तो छ नयाँ अनुसन्धानको सुझाव

बेइजिङ- चीनले तीव्र रूपमा घट्दो जनसङ्ख्या र बढ्दो वृद्धावस्थाको चुनौती