लागुऔषधसहित दुई युवक पक्राउ | Khabarhub Khabarhub

लागुऔषधसहित दुई युवक पक्राउ


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–४ बाट लागुऔषधसहित २८ वर्षीय अनिथा महरालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका महराको साथबाट १०० ग्राम गाँजा र नाइट्रोभेट १० लेखेको ट्याबलेट १५० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।

लागुऔषध गाँजा र नाइट्रोभेट १० लेखिएको ट्याबलेटसहित नियन्त्रणमा लिएको हो । आँपको बगैँचामा घुमफिर गरिरहेको अवस्थामा शङ्का लागि जाँच गर्ने क्रममा लागुऔषधसहित महरालाई पक्राउ गरिएको जनाएको छ ।

यसैगरी प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको लहान नगरपालिका–१९ निवासी २१ वर्षीय प्रेम मण्डललाई लागुऔषध नाइट्रोभेट ७५ ट्याबलेटसहित पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ९ : २२ बजे

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा