प्रांगारिक मल प्रयोग गर्दा घट्ला रासायनिक मलको प्रयोग ? « Khabarhub

प्रांगारिक मल प्रयोग गर्दा घट्ला रासायनिक मलको प्रयोग ?


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– रासायनिक मल प्रयोगले मानवीय स्वास्थ्य र प्रकृतिमा पर्ने असर घटाउन झापाको एक कृषि सहकारीले प्रांगरिक मल बनाउँदै आएको छ । कमल-२ स्थित आईपीएम कृषि सहकारी संस्थाले आफैँ प्रांगरिक मल उत्पादन गरेर कृषकलाई अनुदानमा वितरण गर्दै आएको छ ।

किसानलाई मात्र सदस्य बनाएको आईपीएममा ४०० कृषक सेयर सदस्य छन् । ती कृषकलाई बर्सेनि प्रांगरिक मल बनाएर सहकारीले बिक्री वितरण गर्दै आएको छ । गाईको गोबर, वनको माटो, पिना, हड्डीको धुलो, गाईको गहुँत लगाएर यो मल बनाइने गरिएको आईपीएम कृषि सहकारी संस्थाकाहरू अध्यक्ष यामबहादुर राईले बताए । चार वर्षअघिबाट मलको उत्पादन सहकारीले सुरु गरेको उनले बताए ।

त्यसयता मलको माग बढ्दै गएको छ । सहकारीमा आवद्ध कृषकलाई यो मल दुई सय ५० रुपैयाँ प्रति बोरा पर्छ । सहकारीमा आवद्ध नभएकालाई भने प्रति बोरा ४०० दरले वितरण गरिँदै आएको अध्यक्ष राईले बताए । ‘यो मललाई प्रति बोरा १२५ रुपैयाँ लागत लाग्छ । बाहिर ४०० प्रति बोरामा वितरण गर्ने यो मल हाम्रो सहकारीमा अवद्ध कृषकलाई भने अनुदानमा २५० मा उपलब्ध गराउँछौँ’, उनले भने, ‘यसको माग अत्याधिक छ । हामीलाई माग धान्न नै मुस्किल हुने गरेको छ । वर्षमा तीन पटकभन्दा धेरै मल बनाउँछौँ । एक पटकमा ४०० बोरासम्म बनाउन सकिन्छ ।’

यो मल उत्पादनक लागि ३५ दिन लाग्छ । मल उत्पादनले रासायनिक मल विस्थापनसँगै स्थानीयलाई रोजगारी पनि दिएको अध्यक्ष राई बताउँछन् । ‘रासायनिक मलले विस्तारै माटोको उत्पादन क्षमता घटाउँदै गएको छ । मानव स्वस्थ्य र प्रकृतिमा पनि गम्भीर असर पुर्‍याउँछ । त्यसलाई विस्थापन गर्न हामीले मल उत्पादन थालेका हौँ’, उनले भने, ‘अहिले आलु, टमाटर, सागसब्जीलगायतमा यो मलको प्रयोग बढ्दै गएको छ । अरू बालीमा पुर्‍याउन सकेका छैनौँ । विस्तारै हाम्रो कृषकले प्रांगारिक मल मात्र प्रयोग गर्ने मनाउँछौँ । मल बनाउँदा स्थानीयले रोजगारी पनि पाएका छन् । उनीहरूलाई तालिम दिएका छौँ । वार्षिक १० जनाभन्दा धेरैले निरन्तर रोजगारी पाएका छन् । गाउँ घरमा खेर जाने कुहिने वस्तु मलमा प्रयोग भएको छ ।’

प्रांगारिक मल लगाउन थालेपछि उत्पादन भएको आलु र तरकारीको स्वादमा नै फरक परेको स्थानीय कृषक जानुका मगर बताउँछिन् । रासायनिक मलले स्वास्थ्यमा असर गर्ने जानकारी पाएपछि आफूले पनि चार वर्षयता निरन्तर प्रांगारिक मलको प्रयोग गर्दै आएको उनको भनाइ छ । ‘रासायनिक मल लगाउँदा उत्पादन धेरै भएको जस्तो लाग्छ । तर, रासायनिक मलले हाम्रो जीवन सक्दै रहेछ । रासायनिक मल लगाएर उत्पादन भएको सागशब्जी र आलुमा आकाश जमिनको फरक छ । यसको स्वाद नै मीठो हुँदैन’. उनी भन्छिन्, ‘तर, प्रांगारिक मल लगाएपछि स्वाद पनि मीठो हुन थालेको छ । सागसब्जी पनि छिट्टो पाक्छ ।’

रासायनिक मलका लागि कृषकले घन्टौँ लाइन बस्नुपर्ने बाध्यता छ । नेपालमा नपाए जोखिम मोलेर भारतबाट खुला नाकाको प्रयोग गर्नुपर्ने बाध्यता छ । प्रांगारिक मलले यो सबै समस्याको समाधान क्रमशः गर्दै आएको कमल-२ की कृषक सीतादेवी कट्टेलले बताइन् । ‘रासायनिक मल लगाउँदा साह्रै गाह्रो पर्छ । भनेको बेलामा मल पाउँदैन । लाइन बस्नुपर्छ’, उनी भन्छिन्, ‘तर, प्रांगारिक मलमा त्यो छैन । सहकारीले आफैँ उत्पादन गर्ने हो । भनेको बेलामा मल पाइन्छ । तर, एकैपटक रासायनिक मल पनि हटाउन नहुने रहेछ । अहिले पहिलाको भन्दा आधा लगाउँदै आएका छौँ । क्रमशः यो मललाई पूरै हटाउँछौँ । प्रांगारिक मल नै लगाउँछौँ ।’

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १० : ४५ बजे

संसद् बैठक बोलाउन प्रधानमन्त्रीलाई अध्यक्ष साम्पाङको आग्रह

काठमाडौं– श्रम संस्कृतिका पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई

विश्वभर तेलको भाउ बढ्दा अष्ट्रेलियन शेयर बजारमा गिरावट

सिड्नी- सोमबार अष्ट्रेलियाको शेयर बजार प्रारम्भिक कारोबारमै १.४ प्रतिशतले घटेको

रानीवासमा महिला सामुदायिक भवन निर्माण

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासमा महिला सामुदायिक भवन निर्माण सम्पन्न

एक दिन टिकेन इन्ट्रान्स र ब्रिजकोर्स बन्द गर्ने निर्णय : शिक्षा मन्त्रालयको वेबसाइटबाटै पत्र गायब !

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले प्रवेश परीक्षा तयारी कक्षा

कामपाद्वारा महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क