मिर्गौलामा समस्या हुनै नदिन के गर्ने ? समस्या हुँदा के हुन्छ ? | Khabarhub Khabarhub

मिर्गौलामा समस्या हुनै नदिन के गर्ने ? समस्या हुँदा के हुन्छ ?


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मिर्गौला स्वस्थ राख्न दैनिक सेवन गर्ने परिकार तथा खाद्यान्न स्वस्थ हुनुपर्छ । अस्वस्थ कर खानाले शरीरका सम्पूर्ण अंगमा असर पुर्‍याउँछ । अस्वस्थ कर खाना खाँदा मिर्गौलामा क्षति पुग्न सक्छ । यस्तोमा मिर्गौलामा हुने क्षति कम गर्न के गर्ने त ?

क) जथाभाबी रूपमा दुखाइ कम गर्ने औषधि, आयुर्वेदिक औषधि सेवन नगर्ने ।

ख) चिकित्सकको परामर्श बिना कुनै पनि औषधी नखाने ।

ग) घर बाहिरका खानेकुरा, जंकफुड, प्याकेट बन्द खानेकुरा खानेकुरा नखाने ।

घ) घरमा पनि तारेको, डिप फ्राइड, मसलादार खानेकुरा नखाने ।

ङ) नियमित शारीरिक परीक्षण र नियमित शारीरिक व्यायाम गर्ने ।

च) गर्मी मौसममा पर्याप्त पानी पिउने ।

छ) धेरै बेर पिसाब रोकेर नराख्ने ।

मिर्गौलामा समस्या हुँदा देखिने लक्षण :

– खान मन नलाग्ने

– वाकवाक लाग्ने

– शरीर धेरै सुन्निने

– पिसाबमा फिँज आउने

– पिसाब कम हुने

– पिसाब धेरै लाग्ने

– कोखा सुन्निने

– आँखा तिरमिर हुने

– खुट्टा सुन्निने

– शरीरमा रगत कम भएर शरीर सेतो देखिने

– सास फेर्न गाह्रो हुने

– छाती दुख्ने ।

माथिका लक्षणहरू देखा परेमा मिर्गौला रोगको शङ्का गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा तुरुन्त चिकित्सकसँग परीक्षण गराउनुपर्छ ।

मिर्गौलासम्बन्धी रोग लाग्ने कारणमा मधुमेह, उच्च रक्तचाप, पत्थरी, वंशाणुगत रोग, अव्यवस्थित तथा अस्वस्थ कर खानपान, अव्यवस्थित जीवनशैली प्रमुख हुन् । मिर्गौलासम्बन्धी रोग लाग्न नदिन रक्तचाप र मधुमेहको नियमित परीक्षण गर्ने, ४० वर्ष कटेका मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिले ६-६ महिनामा मिर्गौला परीक्षण गराउनुपर्छ । यस अलावा शरीर स्वस्थ राख्न र अन्य रोगबाट बच्न जीवनशैली व्यवस्थित बनाउनु पर्दछ । यस अलावा खानपान र व्याममा पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ । अन्यथा शरीरमा विभिन्न रोग लाग्न सक्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : ०५ बजे

रारासम्म पर्यटन बस सञ्चालनसम्बन्धी अध्ययन गर्न गएको टोली फर्कियो

सुर्खेत– काठमाडौँदेखि रारा तालसम्म नियमित पर्यटन बस सेवा सञ्चालनका सम्भावनाबारे

जब प्रहरीले बरामद गरेको चरेस अदालत पुर्‍याउँदा इँटा-ढुंगामा परिणत भयो

पटना- नेपालमा पनि बेला बेला बरामद भएको सुनलाई प्रहरीले अदालत

भारतको मोतीहारीबाट पक्राउ परेका खलिस्तानी विद्रोहीको के छ नेपाल कनेक्सन ?

काठमाडौं – भारतको बिहारस्थित मोतीहारीबाट भारतीय केन्द्रीय जाँच एजेन्सी (एनआईए)

नेप्सेको पुनर्संंरचना : सीईओ चापागाईंले चपाउन सक्लान् ‘फलामे च्युरा’ ?

काठमाडौं – वि.सं. २०७८ सालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख

डेढ वर्षअघि विद्यालयबाट चोरिएका ल्यापटप बोरामा हालेर पुरेको अवस्थामा भेटिए

काठमाडौं- ताप्लेजुङको मैवाखोला गाउँपालिका-५ स्थित पार्टीडाँडा माध्यमिक विद्यालयबाट डेढ वर्ष