मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु « Khabarhub

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको कमल गाउँपालिका ५ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गतस्थित लभडाँडा भन्ने ठाउँमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल ५ का २४ बर्षिय डिल्लीराम शाही रहेका छन् ।

बिहीबार अपरान्ह ४ बजे भएको दुर्घटनाका घाईते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउदै गरेको प्र१–०२–०४१प २००० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा शाहीको टाउकोमा चोट लागेको र उपचारका क्रममा मृत्यु भएको हो ।

सो दुर्घटनामा पछाडी सवार घाईते ईटहरी–२० का २५ वर्षिय रुपम तामाङको भने उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ११ : २१ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा