बारले आज कुनै मुद्दामा बहस नगर्ने « Khabarhub

बारले आज कुनै मुद्दामा बहस नगर्ने


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानुन व्यवसायीहरूले आज शुक्रबार कुनै पनि मुद्दामा बहस नगर्ने भएका छन्। बिहीबार नेपाल बार एसोसिएसनले गरेको धर्नामा प्रहरीले दमन गरेको विरोधमा आज उनीहरूले कुनै पनि मुद्दामाथि बहस नगर्ने निर्णय गरेका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि एक एकल र सात संयुक्तसहित आठ इजलास तोकेका छन् ।

हिजोको धर्नामा प्रहरीले बल प्रयोग गर्दा केही कानुन व्यवसायी घाइते भएको भन्दै नेपाल बारले हिजो नै शुक्रबार बन्दी प्रत्यक्षीकरणका रिटमा समेत बहस नगर्ने निर्णय गरेको थियो।

यसैगरी बारले आइतबार पनि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भएको छ। त्यसका लागि सर्वोच्चको मूल गेटमा उनीहरूले प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १ : ३६ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठनले खाली सिलिन्डर र थाल–कचौरा बोकेर नेपाल आयग

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष