खैरो हेरोइनसहित नौ पक्राउ « Khabarhub

खैरो हेरोइनसहित नौ पक्राउ


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागुऔषध खैरो हेरोइनसहित नौ जनालाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको राप्ती नगरपालिका–१ का २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका–४ का २३ वर्षीय सागर शाही, बर्दिया गरुवा गाउँपालिका–१ का २२ वर्षीय विनोदनाथ योगी, काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४का ३२ वर्षीय गौतम केसी रहेका छन् ।

काठमाडौँ बुढानीलकण्ठ बस्ने मोरङका २५ वर्षीय मिजम तामाङ, काभ्रेको धुलिखेलका शुसिल श्रेष्ठ, भोजपुरका मिडे शेर्पा, काठमाडौँ महानगरपालिका–१० शान्तिनगर बस्ने बर्दियाका दिपु भन्ने रणदिप थापा र सोही ठाउँका २६ वर्षीय शिरिष खत्री पनि पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले थापाबाट १०० मिलिग्राम, शाहीबाट २८ ग्राम, केसीबाट ५०० मिलिग्राम, तामाङबाट ४ ग्राम ५०० मिलीग्राम, शेर्पाबाट २२ ग्राम खैरो हेरोइन, त्यसको मापन गर्ने तराजु र लाखौँ रुपैया समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : ५० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका