कपाल झर्ने समस्याको घरेलु उपचार यस्तो छ « Khabarhub

कपाल झर्ने समस्याको घरेलु उपचार यस्तो छ


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. मनतातो तोरीको तेलमा अदुवाको रस मिलाएर कपालको जरामा लगाई तातो पानीमा भिजाइएको रुमालले टाउको सेक्नाले कपाल झर्न कम भई नयाँ कपाल उम्रिन मद्दत गर्छ । यो विधि गरेपछि ३०–६० मिनेट पछि नुहाउनुपर्छ ।

२. तोरी वा जैतुनको तेलमा १–२ चम्चा धुलो खुर्सानी मिसाएर कपालको जरासम्म लगाएर मालिस गर्ने र १–२ घण्टापछि नुहाउने । यसो गर्नाले कपालको जरामा रक्तसञ्चार राम्रो भई कपाल कालो चम्किलो र मजबुत बन्नुको साथै चायाँसमेत हट्ने गर्दछ ।

३. धेरै तातो वा धेरै चिसो पानीले नुहाउँदा पनि कपाल झर्ने हुँदा जाडो मौसममा मनतातो पानीले नुहाउनु पर्दछ ।

४. दैनिक ७–८ घण्टा सुत्नुपर्दछ ।

५. अमला वा नरिवलको तेलले मालिस गर्नाले कपाल मजबुत हुन्छ ।

६. तोरीको तेलमा अण्डा र भिटामिन ई मिसाएर लगाउने र १–२ घण्टामा स्याम्पुले नुहाउने । यसो गर्नाले कपाल मजबुत र चम्किलो हुन्छ ।

७. मेथी अथवा दही पनि कपालको लागि राम्रो मानिन्छ ।

८. चायाँ हटाउनको लागि अदुवा र चुकन्दरको रस अथवा चुकन्दर र भेनेगले कपालको जरामा मालिस गर्नुपर्दछ ।

९. हेनाको पात र चुकन्दरको पात पिनेर कपालमा लगाउँदा पनि कपाल झर्न कम हुन्छ ।

साभार  : ‘एकसे एक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : ५२ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको