कपाल झर्ने समस्याको घरेलु उपचार यस्तो छ « Khabarhub

कपाल झर्ने समस्याको घरेलु उपचार यस्तो छ


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. मनतातो तोरीको तेलमा अदुवाको रस मिलाएर कपालको जरामा लगाई तातो पानीमा भिजाइएको रुमालले टाउको सेक्नाले कपाल झर्न कम भई नयाँ कपाल उम्रिन मद्दत गर्छ । यो विधि गरेपछि ३०–६० मिनेट पछि नुहाउनुपर्छ ।

२. तोरी वा जैतुनको तेलमा १–२ चम्चा धुलो खुर्सानी मिसाएर कपालको जरासम्म लगाएर मालिस गर्ने र १–२ घण्टापछि नुहाउने । यसो गर्नाले कपालको जरामा रक्तसञ्चार राम्रो भई कपाल कालो चम्किलो र मजबुत बन्नुको साथै चायाँसमेत हट्ने गर्दछ ।

३. धेरै तातो वा धेरै चिसो पानीले नुहाउँदा पनि कपाल झर्ने हुँदा जाडो मौसममा मनतातो पानीले नुहाउनु पर्दछ ।

४. दैनिक ७–८ घण्टा सुत्नुपर्दछ ।

५. अमला वा नरिवलको तेलले मालिस गर्नाले कपाल मजबुत हुन्छ ।

६. तोरीको तेलमा अण्डा र भिटामिन ई मिसाएर लगाउने र १–२ घण्टामा स्याम्पुले नुहाउने । यसो गर्नाले कपाल मजबुत र चम्किलो हुन्छ ।

७. मेथी अथवा दही पनि कपालको लागि राम्रो मानिन्छ ।

८. चायाँ हटाउनको लागि अदुवा र चुकन्दरको रस अथवा चुकन्दर र भेनेगले कपालको जरामा मालिस गर्नुपर्दछ ।

९. हेनाको पात र चुकन्दरको पात पिनेर कपालमा लगाउँदा पनि कपाल झर्न कम हुन्छ ।

साभार  : ‘एकसे एक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : ५२ बजे

हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन

बागमती– हेटौँडाबाट आवागमन हुने सबै राजमार्गमा आज बिहानैदेखि सवारीसाधन सञ्चालन

वर्षापछि माइतीघर क्षेत्र जलमग्न (तस्बिरहरू)

काठमाडौं– अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र जलमग्न भएको छ। आइतबार

शिक्षामन्त्रीलाई चितवनमा कालो झण्डा र कालै बेलुनले स्वागत

चितवन- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई आइतबार चितवनमा विद्यार्थीहरूले

यी कुराले भन्छन् बालेनले स्वर्णिमलाई आफ्नो टिममा राख्न चाहेका थिएनन्

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हटाउन

भारी वर्षाले काठमाडौं जलमग्न (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग क्षेत्र