मुलुक महाशक्ति राष्ट्रहरूको क्रिडास्थल बन्ने खतरा : कमल थापा « Khabarhub

मुलुक महाशक्ति राष्ट्रहरूको क्रिडास्थल बन्ने खतरा : कमल थापा


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक महाशक्ति राष्ट्रहरूको रणनीतिक क्रिडास्थल बन्ने खतरा रहेको टिप्पणी गरेका छन् ।

राप्रपा नेपालको राजनीतिक विभागले आयोजना गरेको स्वर्गीय राजा वीरेन्द्रको बहुआयामिक व्यक्तित्व विषयक विचार गोष्ठीमा बोल्दै थापाले देशका सबै क्षेत्र लथालिङ्ग र भताभुङ्ग भएको दुरावस्थाको फाइदा उठाउँदै विदेशी दबाब र प्रभाव बढ्न थालेको जिकिर गरेका छन् ।

लोकतन्त्रको आवरणमा ब्रम्हलुट भइरहेको चर्चा गर्दै थापाले आर्थिक सङ्कट, भ्रष्टाचार, बेरोजगार, धर्म परिवर्तन लगायतका विषय अहिलेको डरलाग्दो महारोग बनेको समेत बताएका छन् । राष्ट्रवादी शक्तिहरू एकजुट भएर व्यवस्था र अवस्था बदल्न लाग्नुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा नेकपा मालेका महासचिव सीपी मैनालीले देश जोगाउन राष्ट्रियताको संरक्षण गर्न अब सबै बिउँझनुपर्ने बताए । उनले स्वार्थका लागि विदेशी हैकम सहनेहरू राष्ट्रवादी देशभक्त हुन नसक्ने बताए ।

कार्यक्रममा राप्रपाका नेता हरिबहादुर बस्नेत, पूर्वमन्त्री दीपक ज्ञवालीले स्वर्गीय राजा वीरेन्द्रको व्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ९ : ३९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका