इन्धनको मूल्य वृद्धिविरुद्ध मुगुमा विप्लवको विरोध प्रदर्शन | Khabarhub Khabarhub

इन्धनको मूल्य वृद्धिविरुद्ध मुगुमा विप्लवको विरोध प्रदर्शन


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मुगुको सदरमुकाम गमगढी बजारमा विरोध प्रदर्शन गरिएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मुगुले बजार परिक्रमा गरी विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका विप्लव कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर , भ्रष्टाचारी मुर्दावाद, दलाल मुर्दावादलगायत नारा लगाएका थिए ।

गमगढीमा भएको प्रदर्शनमा नेकपा मुगुका जिल्ला कार्यालय सचिव सर्पु रोकायाले पेट्रोलियम पदार्थ तथा खाद्यवस्तुमा सरकारले मूल्यवृद्धि गरेको भन्दै त्यसविरुद्ध सङ्घर्षमा उत्रिएको बताए ।

पार्टी महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ति निकालेर नेपाल बन्दसहितको विरोध कार्यक्रम घोषणा गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १० : ५५ बजे

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन

एनपीएल अक्सन : पहिलो चरणमा २६ खेलाडी अनुबन्ध, काठमाडौंको मात्रै कोटा पूरा

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मिनी अक्सनको

धारा सुकेपछि दमकलबाट पानी वितरण गर्दै चन्द्रपुर नगरपालिका

रौतहट – जिल्लाको चन्द्रपुर नगरपालिका–२ जुडिबेलामा असारको महिनामा पनि खानेपानीको