इक्वेडरको कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६८ जनाको मृत्यु | Khabarhub Khabarhub

इक्वेडरको कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६८ जनाको मृत्यु


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्विटो – इक्वेडरमा एउटा कारगारमा भएको झडपमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ ।

दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शनिवार राति भएको झडपमा अन्य दर्जनौं बन्दी घाइते भएका बीबीसीले जनाएको छ । उक्त कारागारमा यही सेप्टेम्बरमा भएको झडपमा ११९ कैदी मारिएका थिए । सो हिंसालाई इक्वेडरको इतिहासमै सबैभन्दा खराब बताइएको थियो ।

कारागारभित्र झडप बढ्नुको मुख्य कारण लागुऔषध तस्कर समूहबीचको विवाद भएको सरकारले बताउँदै आएको छ । तस्कर समूहका एक नायिकेको रिहाइलाई लिएर पछिल्लो हिंसा भड्किएको गुआएज प्रान्तका गभर्नर पाब्लो एरोजमेनाले एउटा पत्रकार सम्मेलनमा जानाकारी दिए ।

कारागारको एउटा ब्लकको नायिकेको रिहा भएको थाहा पाएपछि अर्को समूहले आक्रमण सुरु गरेको थियो । झडप नियन्त्रण गर्न प्रहरीले गोलीसमेत चलाएको थियो । जेलभित्र ठूला बिस्फोटका आवाजसमेत सुनिएको हिंसापछि सार्वजनिक भएको एउटा भिडियोमा देख्न सकिन्छ । झडपपछि कारागारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : ३२ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी