मुस्ताङमा हिउँ पहिरो, दुई जना घाइते (भिडियो) « Khabarhub

मुस्ताङमा हिउँ पहिरो, दुई जना घाइते (भिडियो)


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुस्ताङको टुकुचे अर्थात मानापाथी हिमालबाट हिउँ पहिरो खस्दा कोबाङका दुई जनाको खुट्टा भाँचिएको छ । करिब ३० मिनेटसम्म झरेको पहिरोका कारण डराएर स्थानीयले भागदौड मच्याएका थिए ।

कोवाङ, लार्जुङ र नाउरीकोट क्षेत्रमा स्थानीय डरले भागेका थिए । भागदौडका क्रममा स्थानीय जनआर्दश अमरसिंह माविका शिक्षक र विद्यार्थीको खुट्टामा चोट लागेको हो ।

पठनपाठन चलिरहेका बेला पहिरो खसेपछि उनीहरू कक्षाकोठा छोडेर भागेका हुन् । पहिरोको जोखिम अझै कायम रहेकोले नजिकका घरमा बसिरहेका नागरिकहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । विद्यार्थीलाई समेत अन्तै लगिएको मुस्ताङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको टोली घटनास्थल पुगिसकेको छ । केही वर्षअघि पनि हिउँ पहिरोका कारण त्यहाँ धनजनको क्षति भएको थियो । यो वर्ष मानवीय अन्य क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ३ : ५१ बजे

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी

काठमाडौंको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

आईपीएल : कोलकाता र मुम्बईबीचको खेल वर्षाले रोकियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

काठमाडौं – सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको

भिमफेदीमा गाडी दुर्घटना हुँदा आठ जना घाइते

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने भिमफेदी–कुलेखानी–काठमाडौँ सडक अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका