कस्तुरीको छालासहित एकजना पक्राउ | Khabarhub Khabarhub

कस्तुरीको छालासहित एकजना पक्राउ


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँबाट वन्यजन्तु कस्तुरीको छालासहित एकजना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका १४ बल्खुबाट संरक्षित वन्यजन्तु कस्तुरीको १ थान छाला र ४ थान छालाका टुक्रा सहित काठमाडौँ महानगरपालिका १४ बस्ने ललितपुर महांकाल गाउँपालिका ५ चन्दपुर घर भएका २८ वर्षीय दिपेश तिमल्सिनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

कस्तुरीको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त आखेटोपहार अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

दिपेशलाई बरामद आखेटोपहार सहित आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा बुझाइएको व्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ५ : ३२ बजे

दसैँको सामग्री बनाउन भक्तपुरका कुम्हाले व्यस्त 

भादगाउँ– भक्तपुर सूर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दसैँको लागि माटोको

पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

कञ्चनपुर– संविधान जारी भएको दशक बितिसक्दा पनि हलिया प्रथाबाट मुक्त

प्रदीप ज्ञवालीलाई प्रश्न- फागुन २१ को निर्वाचन फेस गर्न एमाले तयार छ ?

काठमाडौं – जेन-जी आनदोलनपछि शीर्ष भनिएका पार्टीमा नेतृत्व परिवर्तनको बहस

वीरगञ्जस्थित घण्टाघरको मर्मतसम्भार

वीरगञ्ज– पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक घण्टाघरको केही भाग भत्किएको संरचना

अविरल वर्षाले धानबालीमा क्षति

नवलपरासी– हालैको अविरल वर्षातले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका