रुसलाई पराजित गर्दै क्रोएसिया विश्वकपमा छनोट | Khabarhub Khabarhub

रुसलाई पराजित गर्दै क्रोएसिया विश्वकपमा छनोट


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुसलाई पराजित गर्दै क्रोएसिया फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत आइतबार राति भएको खेलमा रुसलाई १-० गोलले हराउँदै क्रोएसियाले विश्वकपमा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा रुसका डिफेन्डर फ्योडोर कुड्रयासोभले खेलको ८१ औं मिनेटमा आत्मघाती गोल गरेपछि क्रोएसियालाई जितेको हो ।

यस जितसँगै क्रोएसियाले समूह एचबाट विश्वकपमा स्थान बनाएको हो । शीर्ष स्थानको क्रोएसियाले १० खेलमा २३ अंक जोड्यो ।

रुसको समेत प्ले अफबाट विश्वकपमा छनोट हुने सम्भावना रहेको छ । दोस्रो स्थानको रुसको १० खेलबाट २२ अंक छ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : ५९ बजे

दसैँ बिदामा कृष्णपुर स्वास्थ्यचौकीमा २४सै घण्टा आकस्मिक स्वास्थ्य सेवा

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर स्वास्थ्यचौकीमा दसैँको सार्वजनिक बिदामा पनि २४

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न

काठमाडौं – नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखको भौतिक

मिर्चैयामा मिथिलाको मौलिकता झल्काउने झिझियाँ नृत्य प्रतियोगिता

सिरहा – बडादसैँको सुरुआतसँगै सिरहाको मिर्चैयामा परम्परागत मैथिली लोकसंस्कृतिको गौरव

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस