विश्वकपमा सर्बियाको स्थान पक्का, पोर्चुगलले प्ले अफ खेल्नुपर्ने « Khabarhub

विश्वकपमा सर्बियाको स्थान पक्का, पोर्चुगलले प्ले अफ खेल्नुपर्ने


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोर्चुगललाई २-१ गोलले हराउँदै सर्बियाले विश्वकपमा स्थान पक्का गरेको छ ।

युरोपियन छनोट अन्तर्गत पोर्चुगलको मैदानमा आइतबार राति भएको खेलमा बाजी मार्दै सर्बियाले विश्वकपमा स्थान पक्का गरेको हो ।

खेलको दोस्रो मिनेटमा रेनेटो सान्चेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३३ औं मिनेटमा डुसान टाडिकले गोल गर्दै सर्बियालाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।

खेलको ९० औं मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले गोल गरेर सर्बियालाई जित दिलाए । यस जितसँगै समूह ए को सर्बियाले ८ खेलमा २० अंक जोडेको छ । पोर्चुगल १७ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

पोर्चुगलले विश्वकपमा छनोट हुन अब प्ले अफ खेल्नेछ । यसै समूहको अर्को खेलमा आयरल्याण्डले लक्जमवर्गलाई ३-० ले हराएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : १९ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र