विश्वकपमा छनोट भईसकेको जर्मनीको फराकिलो जित « Khabarhub

विश्वकपमा छनोट भईसकेको जर्मनीको फराकिलो जित


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा जर्मनीले फराकिलो जित निकालेको छ ।

यस अघि नै विश्वकपमा छनोट भईसकेको जर्मनीले आइतबार राति अर्मेनियालाई ४-१ गोल अन्तरले हराएको हो ।

जर्मनीलाई जित दिलाउन इल्के गुन्डोगानले दुई गोल गरे । यस्तै काइ हार्भटेज र जोनास होफम्यानले एक एक गोल गरे ।

अर्मेनियाका हेनरिक मिखीटेरीयानले एक गोल फर्काए पनि त्यो सान्त्वना गोल मात्रै बन्यो ।

यस जितसँगै समूह जे को जर्मनीले १० खेलमा २७ अंक जोड्यो । अर्मेनिया १२ अंक जोडेर चौंथो स्थानमा रह्यो ।

छनोट अन्तर्गत यसै समूहको अर्को खेलमा नर्थ मासेडोनियाले आइसल्याण्डलाई ३-१ ले र रोमानियाले लिचेस्टाइनलाई २-० ले हरायो ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : ५५ बजे

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी – कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ

बालेनको प्रस्ताव : नेपाल, भारत र चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गरौँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न नेपाल,

पहिरोले बिपी राजमार्ग अवरुद्ध : रोशी खाेलामा बाढी

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी