तपाई सुतेको बेला घुर्नुहुन्छ? यी उपाय अपनाउनुहोस् | Khabarhub Khabarhub

तपाई सुतेको बेला घुर्नुहुन्छ? यी उपाय अपनाउनुहोस्


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

निदाएका वेला श्वास फेर्दा निस्कने आवाजलाई घुर्नु भनिन्छ। यो एक सामान्य प्रकिया हो। तर, अर्कालाई बाधा पर्ने गरी लामो समयसम्म ठुलो आवाजमा घुर्न चाहिँ एउटा समस्या हो। अहिले अधिकांश मानिस घुर्ने समस्याका कारण पीडित छन् ।

किन घुर्छ मानिस ?

सामान्यतया सुतेको समयमा गलाको पछिल्लो भाग साँघुरो हुने गर्छ। अनि, त्यहाँ अक्सिजन पुग्दा कम्पन हुने हुन्छ। उक्त कम्पनबाट घुरेको आवाज निस्कन्छ। यस अलावा नियमित र अधिक मात्रामा मद्यपान-धुम्रपान गर्नु पनि घुर्नुको अर्को मुख्य कारण हो।

एलर्जी हुनु, नाक सुन्निनु, बेलुका बढी खाना खानु, जिब्रो मोटो हुनुलगायत पनि घुर्नुका कारण हुन्। घुर्ने समस्या नियन्त्रणमा स्वयम् व्यक्तिले पनि कोसिस गर्नु पर्दछ ।

घुर्ने समस्याबाट बच्ने के गर्ने ?

– शरीर मोटो भएका व्यक्तिले आफ्नो वजन कम गराउने ।

– घुर्ने मानिस उत्तानो परेर नसुत्ने ।

– कोल्टे परेर सुतेमा घुर्ने समस्या केही हदसम्म सुधार हुन्छ ।

– नियमित शारीरिक व्यायाममा जोड दिने ।

– राति खाना खाँदा धेरै मसला हालेर, चिल्लो, पिरो, धूम्रपान तथा मद्यपान नगर्ने ।

– घुर्ने समस्या भएका मानिसमा टन्सिल भए त्यो टन्सिल काटेर फाल्नु पर्दछ ।

– चिकित्सकको परामर्शमा घुर्ने समस्याको उपचार विधि अपनाउने ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : ५४ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न