प्रधानन्यायाधीशको राजीनामा माग्दै राजेन्द्र महतोले भने– राणाले न्यायिक विचलन गरे | Khabarhub Khabarhub

प्रधानन्यायाधीशको राजीनामा माग्दै राजेन्द्र महतोले भने– राणाले न्यायिक विचलन गरे


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– न्यायालय विवादमा मौन बसेका दलहरूले मुख खोल्न थालेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेका छन् । वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक विचलनको आरोप लागेका प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने बताए ।

न्यायालयमा भइरहेको आन्दोलनको जिम्मा प्रधानन्यायाधीश राणाले लिनुपर्ने भन्दै उनले न्यायालयको गरिमा बचाउन पनि तत्काल राजीनामा गर्न राणालाई सुझाव दिए ।

राणाले सेटिङमा फैसला गरेको आरोप लगाएका उनले बार र न्यायाधीशसमेत विरुद्धमा लागेपछि राणाले पदमा बस्न नहुने बताए ।

राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतकै न्यायाधीशहरू आन्दोलनमा रहेका बेला सत्तारुढ र विपक्षी दलहरू भने मौन बस्दै आएका छन् ।

उनीहरू न्यायालयले नै यसको निकास खोज्नुपर्ने भन्दै बसिरहेका बेला पूर्वन्यायाधीशहरूले पत्रकार सम्मेलन नै गरेर राणालाई महाअभियोग लगाउन माग गरिसकेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ११ : ४३ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर