कोरोनाले अमेरिकामा एक लाख ४० हजार बच्चा अभिभावक विहिन « Khabarhub

कोरोनाले अमेरिकामा एक लाख ४० हजार बच्चा अभिभावक विहिन


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहिन भएका छन् । ‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिको जीवनमा दिर्घकालिन असर परेको उल्लेख छ ।

सो प्रतिवेदन अनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावक विहिन हुनु परेको देखिएको छ । अभिभावक विहिन भएपछि बालबालिकाहरुले मनोवैज्ञानिक तथा आर्थिक समस्या भोग्नु परेको अधिकारीहरुले जनाएका छन् ।

अभिभावक गुमाएका बालबालिकाहरु मध्ये धेरै बालबालिकाहरु अल्पसङ्ख्यक तथा सानो समुदायका धेरै रहेको पाइएको छ । कोरोनाभाइरसको महामारीबाट अत्यधिक धेरै प्रभावित देशको अग्रसूचीमा अमेरिका पर्दछ । कोरोनाका कारण मृत्यु भएका, सङ्क्रमित भएका र अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अमेरिकामै सवैभन्दा धेरै रहेको छ ।

कोरोनाभाइरसका कारण अमेरिकामा अहिलेसम्म सात लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
रासस/सिन्ह्वा

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ३ : ४३ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको