शहीद स्मारक ए डिभिजन लिगको खेल दशरथ रङ्गशलामा हुने | Khabarhub Khabarhub

शहीद स्मारक ए डिभिजन लिगको खेल दशरथ रङ्गशलामा हुने


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग–२०७८ फुटबल प्रतियोगिताअन्तर्गत सुरुआती दुई चरणका सम्पूर्ण खेलहरू दशरथ रङ्गशालामा हुने पक्का भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मंगलबार सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार दुई चरणको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । यसअघि एन्फाले लिगको खेल दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने जनाएको थियो ।

मङ्सिर ३ गते सुरु हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब कुपन्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रङ्गशालामा हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाइने छ । उक्त खेल अपराह्न ४ः४५ बजे सुरु हुनेछ । लिगमा विभिन्न १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, सङ्कटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब र हिमालयन शेर्पा फुटबल क्लब रहेका छन् ।

त्यसैगरी सातदोबाटो फुटबल क्लब, मनाङ मस्र्याङ्दी फुटबल क्लब, थ्रि स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्ड्स फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब सहभागी छन् ।

उक्त प्रतियोगिताको खेलका लागि साधारणतर्फ टिकट दर रु १०० र भीआइपीतर्फ रु ५०० मूल्य निर्धारण गरिएको छ । यसपटक अन्तिम स्थानमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन् । अघिल्लो सिजनको उपाधि भने मछिन्द्र क्लबले जितेको थियो । लिग विजेता टोलीले रु ७५ लाख तथा उपविजेताले रु ५० लाख पाउनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १० : ३४ बजे

खैरो हिरोइनसहित भद्रपुरबाट दुई जना पक्राउ

भद्रपुर– झापाको भद्रपुर भन्सार चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जना

 निर्वाचन प्रणाली बदल्नुपर्छ : सांसद शाही

काठमाडौं– सांसदहरूले निर्वाचन प्रणाली बदलेर नयाँस्वरूपमा जानुपर्नेमा जोड दिएका छन्

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

राजविराज– हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज

नेपालमा चौथो पटक एमपक्स पुष्टि

काठमाडौं– नेपालमा चौथो पटक एमपक्स (मङ्कीपक्स)  पुष्टि भएको छ ।

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड बढी

चितवन– भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच