यसरी बढाउन सकिन्छ गुमेको स्मरण शक्ति | Khabarhub Khabarhub

यसरी बढाउन सकिन्छ गुमेको स्मरण शक्ति


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

उमेर बढ्दै जाँदा मानिसको स्मरण शक्ति बिस्तारै कम हुँदै जान्छ । वृद्ध अवस्थामा यो समस्या बढी हुन्छ । जो प्राकृतिक कुरा हो । तर पछिल्लो समयमा भने छिट्टै बिर्सने समस्या युवामा पनि देखा पर्न थालेको छ । यस्तोमा स्मरण शक्ति बढाउन आवश्यक हुन्छ । स्मरण शक्ति बढाउन जीवनशैली र खानपानको भूमिका महत्त्वपूर्ण रहन्छ ।

यी खानेकुराले बढाउन सकिन्छ स्मरण शक्ति :

क) दही
दहीमा पाइने एमिनो एसिडले दिमागी तनाव कम गर्दछ । तसर्थ दैनिक दही सेवन गर्दा स्मरण शक्ति बढ्दछ ।

ख) तुलसी
दैनिक २ देखि ३ पत्ता तुलसीको पात खानाले प्राकृतिक रुपमा स्मरण शक्ति बढ्दछ ।

ग) ओखर
ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फइबर, एन्टी अक्सिडेन्ट जस्ता तत्व पाइन्छ । तसर्थ दैनिक ओखर सेवन गर्दा स्मरण शक्ति बढ्दछ।

घ) स्ट्रबरी
स्ट्रबरीमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ । जसले मस्तिष्कको कोषलाई क्षयीकरण हुनबाट बचाउँछ र स्मरण शक्ति पनि बढाउँछ ।

ङ) जाइफल
जाइफलको नियमित सेवनले मस्तिष्क स्वस्थ हुनुका साथै स्मरण शक्ति बढाउन सहयोग गर्दछ ।

च) गोलभेँडा
गोलभेँडामा पाइने लाइकोपिन तत्वले शरीरलाई स्वतन्त्र रेडिकल्सको सुरक्षा दिन्छ । जसले स्मरण शक्ति बढ्न मद्दत पुग्छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ८ : ०९ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न