५८० वर्षपछि मंसिर ३ गते लाग्दै छ सबैभन्दा लामो चन्द्र ग्रहण, कतिबेर रहन्छ ? « Khabarhub

५८० वर्षपछि मंसिर ३ गते लाग्दै छ सबैभन्दा लामो चन्द्र ग्रहण, कतिबेर रहन्छ ?


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी मंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक यति लामो अवधिको चन्द्र ग्रहण लाग्दै छ ।

यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । जो दिउँसो करिब साढे १ बजे उच्च बिन्दुमा पुग्नेछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ । ५ सय ८० वर्ष यता यति लामो अवधिको चन्द्र ग्रहण लागेको थिएन ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्रहण लागेको थियो । अब यति लामो चन्द्र ग्रहण ८ फेब्रुअरी २६६९ मा मा मात्र लाग्नेछ ।

यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ । चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि साँझ ४ बजेर ३२ मिनेटसम्म रहनेछ । खगोलविद्को दाबी अनुसार पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो भएको हो ।

चन्द्र ग्रहण पूर्ण देखिने भन्दा एक हल्का रेखाको रूपमा देखिन सक्छ । आंशिक चन्द्र ग्रहण भएकाले यसको सूतक काल पनि मान्य नहुने धार्मिक मान्यता छ ।

ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्त्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बिचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ।

धर्मशास्त्रअनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने विश्वास गरिन्छ । विज्ञान अनुसार सूर्य र चन्द्रमाको बिचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छाँया पर्छ भन्ने मान्यता रहिआएको छ । त्यसैलाई चन्द्र ग्रहण भनिन्छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १२ : २४ बजे

अमेरिकाको दाबी : इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन- अमेरिकाले इरानविरुद्ध सञ्चालन गरेको सिलसिलेवार सैन्य कारबाहीमा ८० भन्दा बढी

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

मान्म– स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी– पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको