ए डिभिजन लिगका लागि कतार एयरवेजसँग सम्झौता नवीकरण « Khabarhub

ए डिभिजन लिगका लागि कतार एयरवेजसँग सम्झौता नवीकरण


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शीर्ष डिभिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एयरवेजबीच सम्झौता नवीकरण भएको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मलेन आयोजना गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद एल इमामले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कतार एयरवेज थप एक वर्षका लागि लिगको प्रायोजनको सम्झौता गरेको हो । २०७६ सालमा भएको लिगको समेत प्रायोजक रहेको कतार एयरवेजले आगामी सिजनमा पनि सम्झौता गर्ने बताएको हो । कोरोना भाइरसको महामारीका कारण २०७६ पछि हुन नसकेको लिग शुक्रबारदेखि शुरु हुँदैछ ।

एन्फा अध्यक्ष शेर्पाले सबै स्तरका लिगलाई अझै बलियो बनाउन कतार एयरले स्पोन्सर गर्नुपर्छ भन्ने प्रस्ताव कतार फुटबल संघसमक्ष राखेको बताए । ‘यो सम्झौता नवीकरणसँगै आगामी समयमा रकम वृद्धि गर्ने आश्वासन पनि हामीलाई दिनुभएको छ,’ उनले भने, ‘गर्त वर्ष पनि लिग आयोजना भएको भए यसपालि प्रायोजन रकम बढ्थ्यो । तर, आयोजना नभएकाले बढेन । अर्को वर्ष बढ्नेमा आशावादी छौँ ।’

यस्तै, एयरवेजका कन्ट्री म्यानेजर एल इमामले एन्फासँगको सम्झौता पेरिस सेन्ट जर्मन र बायर्न म्युनिखसँग जस्तै सम्झौता हो । फुटबलको विकास गर्ने कतार एयरवेजको प्रमुख लक्ष्य रहेको बताउँदै उनले यो सम्झौताबाट खुसी लागेको जानकारी दिए । कतार एयरवेजले लिग सञ्चालनको प्रायोजन स्वरूप एन्फालाई एक करोड ५० लाखभन्दा बढी रकम दिनेछ ।

९१ खेल हुने सिंगल राउन्ड रोबिनको लिगको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्डस् क्लबबीच प्रतिस्पर्धा हुनेछ । एन्फाले लिगको दुई चरणको तालिका सार्वजनिक गरेको छ । सबै खेल दशरथ रंगशालामा हुनेछ । हप्ताको शुक्रबार, शनिबार, आइतबार र सोमबार हुने लिगको टिकट मूल्य सामान्यतर्फ एक सय र भिआईपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।

दुई टोली रेलिगेसन हुने लिगको विजेताले ७५ लाख पाउँदा दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ पाउनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  २ : २६ बजे

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली