ए डिभिजन लिगका लागि कतार एयरवेजसँग सम्झौता नवीकरण | Khabarhub Khabarhub

ए डिभिजन लिगका लागि कतार एयरवेजसँग सम्झौता नवीकरण


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शीर्ष डिभिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एयरवेजबीच सम्झौता नवीकरण भएको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मलेन आयोजना गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद एल इमामले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कतार एयरवेज थप एक वर्षका लागि लिगको प्रायोजनको सम्झौता गरेको हो । २०७६ सालमा भएको लिगको समेत प्रायोजक रहेको कतार एयरवेजले आगामी सिजनमा पनि सम्झौता गर्ने बताएको हो । कोरोना भाइरसको महामारीका कारण २०७६ पछि हुन नसकेको लिग शुक्रबारदेखि शुरु हुँदैछ ।

एन्फा अध्यक्ष शेर्पाले सबै स्तरका लिगलाई अझै बलियो बनाउन कतार एयरले स्पोन्सर गर्नुपर्छ भन्ने प्रस्ताव कतार फुटबल संघसमक्ष राखेको बताए । ‘यो सम्झौता नवीकरणसँगै आगामी समयमा रकम वृद्धि गर्ने आश्वासन पनि हामीलाई दिनुभएको छ,’ उनले भने, ‘गर्त वर्ष पनि लिग आयोजना भएको भए यसपालि प्रायोजन रकम बढ्थ्यो । तर, आयोजना नभएकाले बढेन । अर्को वर्ष बढ्नेमा आशावादी छौँ ।’

यस्तै, एयरवेजका कन्ट्री म्यानेजर एल इमामले एन्फासँगको सम्झौता पेरिस सेन्ट जर्मन र बायर्न म्युनिखसँग जस्तै सम्झौता हो । फुटबलको विकास गर्ने कतार एयरवेजको प्रमुख लक्ष्य रहेको बताउँदै उनले यो सम्झौताबाट खुसी लागेको जानकारी दिए । कतार एयरवेजले लिग सञ्चालनको प्रायोजन स्वरूप एन्फालाई एक करोड ५० लाखभन्दा बढी रकम दिनेछ ।

९१ खेल हुने सिंगल राउन्ड रोबिनको लिगको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्डस् क्लबबीच प्रतिस्पर्धा हुनेछ । एन्फाले लिगको दुई चरणको तालिका सार्वजनिक गरेको छ । सबै खेल दशरथ रंगशालामा हुनेछ । हप्ताको शुक्रबार, शनिबार, आइतबार र सोमबार हुने लिगको टिकट मूल्य सामान्यतर्फ एक सय र भिआईपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।

दुई टोली रेलिगेसन हुने लिगको विजेताले ७५ लाख पाउँदा दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ पाउनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  २ : २६ बजे

वित्तीय समावेशीकरण सूचकांक : पहुँच, प्रयोग र गुणस्तरमा वृद्धि

काठमाडौं- वित्तीय समावेशीकरण सूचकांकमा नेपालको विकास हुँदै गएको छ ।

साउने संक्रान्तिको दिन टुँडीखेलमा बझाङ्‍गी देउडा र (तस्बिरहरू) 

काठमाडौं– बझाङ्‍गी समाज काठमाडौंले देउडा पर्व तथा साउने संक्रान्ति मेला

गत वर्ष ५७ अर्ब वैदेशिक अनुदान र सवा दुई खर्ब ऋणको प्रतिबद्धता

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१-८२ मा नेपाललले झण्डै पौने

नयाँ आर्थिक वर्षको पहिलो दिन बजारमा उत्साह, नेप्से ७५ अंकले उकालो

काठमाडौं- नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन शेयर बजारमा

ओलीले नकारे पूर्वराष्ट्रपति एमालेमा फर्किने कुरा, फर्किए पनि काम गर्न नसक्ने जिकिर

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले