प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत (भिडियोसहित) « Khabarhub

प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत (भिडियोसहित)


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् ।

आजको प्रदेशसभा बैठकमा उनले ५० मत पाए । आफूलाई प्रदेशसभाको विश्वास छ भनेर मुख्यमन्त्री राईले प्रदेशसभा बैठकमा राखेको प्रस्तावमा उनको विपक्षमा २९ मत परेको थियो ।

उनको पक्षमा आएको मतले उनलाई बहमुत पुगेकाले मुख्यमन्त्रीका रुपमा राईले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे ।

मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।

प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् ।

प्रमुख विपक्षी दल नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ । आजको मतदानमा ७९ जना उपस्थित थिए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  २ : ३७ बजे

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान