प्रधानन्यायाधीशलाई पत्रकार महासंघले भन्यो– अदालतको गरिमा राख्नुहोस् | Khabarhub Khabarhub

प्रधानन्यायाधीशलाई पत्रकार महासंघले भन्यो– अदालतको गरिमा राख्नुहोस्


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई अदालतको गरिमा राख्न आग्रह गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै महासंघले सर्वोच्च अदालतमा विकसित घटनाक्रमले न्यायालयप्रतिको भरोसा कमजोर हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

महासंघले नेपाली जनताको न्याय निरूपण गर्ने अन्तिम निकायमा देखिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नेपालको संविधानले परिकल्पना गरेको शक्तिपृथकीकरणको सिद्धान्तअनुरूप खडा भएको सर्वोच्च न्यायालय स्वच्छ, मर्यादित र विश्वास योग्य हुनुपर्छ भन्ने मान्यतामा महासंघ अडिग रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

अदालतको नेतृत्वप्रति गैरन्यायिक आचरणको प्रश्न उठाउँदै नेपाल बार एसोसिएसनले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद् विषय भएको महासंघले जनाएको छ ।

अदालतमा देखिएको गतिरोधले जनता न्याय प्राप्त गर्ने आफ्नो हकबाटसमेत वञ्चित हुनुपरिरहेको भन्दै महासंघले संसद्, सरकार र राजनीतिक दललाई समस्या समाधानको आवश्यक पहल गर्न आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ३ : ५२ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं