स्वदेश फर्किन नदिएपछि चिनियाँ नागरिकले गरे चिनियाँ दूतावास अगाडि प्रदर्शन (भिडियो/फोटो) « Khabarhub

स्वदेश फर्किन नदिएपछि चिनियाँ नागरिकले गरे चिनियाँ दूतावास अगाडि प्रदर्शन (भिडियो/फोटो)


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ नागरिकले आफ्नो देश फर्कन पाउनुपर्ने माग राख्दै चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले ‘म चीन फर्कन चाहन्छु’ लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए । आफ्नै खर्चमा नै देश फर्कन चाहे पनि फर्कन नपाएकाले प्रदर्शन गरिएको उनीहरूले बताएका छन् ।

कोभिड–१९ महामारीको कारण देखाउँदै चीनले आफ्ना नागरिकलाई नफर्काएपछि चिनियाँ दूतावासबाहिर प्रदर्शन भएको हो ।

चिनियाँ दूताबासले महामारीको कारण देखाउँदै उनीहरुलाई नलगेपछि र जानसमेत हवाई सुविधा नदिएपछि बिगत २ वर्षदेखि चिनियाँ नागरिक नेपालमै रोकिएका छन्।

‘म चीन फर्कन चाहन्छु’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै दूताबास बाहिर प्रदर्शन हुँदा पनि चिनिया दूताबासले कुनै चासो देखाएको छैन। काम नभएको पाँच महीना भैसक्यो ।

२ हजारभन्दा बढी चिनियाहरु अलपत्र परेको र देश फर्कन चाहेको प्रहरी तथ्यांक छ। कतिपय चिनियाहरुसँग पैसा समेत सकिएकाले बेहाल अबस्थामा रहे पनि दूताबासले कुनै पहल नगरेपछि चिनियाँ नागरिक रुष्ट छन्।

चीनले आफ्नै नागरिकलाई समेत फर्कन प्रतिबन्ध लगाएको छ भने अध्ययन गरिरहेका विद्यार्थीहरु समेत महामारीका बेला नेपाल आएका नेपाली विद्यार्थीलाई पनि फर्काउँने कुनै प्रयास गरेको छैन।

नेपाली विद्यार्थीलाई अध्ययन पुरा गर्न चीन जान दिन नेपाल सरकारले कूटनीतिक प्रयत्न गरे पनि नेपालस्थित चिनियाँ दूताबासले वास्ता गरेको छैन।

गतवर्षदेखि फर्कन चाहेका चिनियाँहरु अलपत्र पर्दासमेत चिनिया दूताबासले चासो नदेखाएपछि प्रदर्शन भइरहेको छ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ५ : २२ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष