कान दुख्यो ? अपनाउनुहोस् यी घरेलु उपाय « Khabarhub

कान दुख्यो ? अपनाउनुहोस् यी घरेलु उपाय


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो शरीरको महत्त्वपूर्ण र जटिल अङ्ग मध्ये एक हो कान । कानले केवल सुन्ने मात्र काम गर्दैन यसले शरीरको सन्तुलन पनि मिलाउँछ । त्यसैले कानको स्याहार आवश्यक मानिन्छ ।

कानमा कहिलेकाहीँ विभिन्न समस्याहरू आउन सक्छ । कान पाक्ने, दुख्ने, चिलाउने यसका मुख्य समस्या हुन । अहिले धेरै मानिसमा कान दुखाई आम समस्या बनेको छ । यो समस्या प्राय एउटै कानमा बढी हुन्छ । कान दुखाईको समाधानमा के गर्ने त ?

क) लसुन
लसुनको दुइ केस्रा पिसेर तोरीको तेलमा भुटेर उक्त तेल कानमा लगाउँदा आराम मिल्छ ।

ख) मुलाको पात
मुलाको पातको रसलाई तिलको तेलमा पकाई रस वाफ बनेर उडिसकेपछि त्यो मनतातो तेललाई कपडाले छानी दुई तीन थोपा कानमा हाल्दा यसले कान दुखाई तुरुन्तै निको हुन्छ ।

ग) प्याज
प्याजको डल्लोलाई आगोमा सेक्ने र त्यसको रस निकालेर कानमा हाल्दा कान दुखाइमा राहत पाउन सकिन्छ ।

घ) तुलसीको पात
तुलसीको पातलाई पिसेर यसको रसको दुई तीन थोपा कानमा हाल्दा कानको इन्फेक्सन ठिक गर्छ र दुखाई हटाउँछ ।

ङ) तोरी तेल
१० ग्राम तोरीको तेलमा ३ ग्राम हिङ मिसाएर तताइ त्यसको केही थोपा कानमा हाल्दा आराम मिल्दछ ।

च) अन्य उपाय
– सूर्यमुखी फूलको तेल र महको मिश्रण बनाएर कानमा राख्दा कान दुखाई निको हुन्छ ।

– घिउकुमारीको रसलाई हल्का तताएर कानमा राख्दा दुखाई कम गर्दछ ।

– नुनलाई तातो बनाई कपडामा राम्ररी डल्लो पारेर कान सेक्दा दुखाइमा राहत मिल्दछ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ७ : ०७ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक