नेपालको दोस्रो भूउपग्रह परियोजना शुरु « Khabarhub

नेपालको दोस्रो भूउपग्रह परियोजना शुरु


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा दोस्रो भूउपग्रह परियोजना शुरु गरिएको छ।

पहिलो नेपाली भू–उपग्रह नेपाली स्याट–१ को सफलतापछि गत बुधबार काठमाडौँ युनिभर्सिटी हाइस्कुल, धुलिखेलमा आयोजित एक कार्यक्रमबीच दोस्रो भूउपग्रह परियोजना शुभारम्भ गरिएको हो।

यो परियोजनामा नेपाल सरकार, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), अन्तरिक्ष प्रतिष्ठान नेपाल र काठमाडौँ युनिभर्सिटी हाइस्कुलको संयुक्त साझेदारी रहेको छ।

यो परियोजनाको प्रिन्सिपल इनभेस्टीगेटरका रूपमा नेपाली वैज्ञानिक डा. आभाष मास्के रहेका छन्। हाल बडर्स–३, भूउपग्रह परियोजनाका प्रमुख रहेका मास्केले यसअघि नेपाली स्याट–१ नामक भूउपग्रह निर्माण टिमको नेतृत्व लिएका थिए।

थाइल्याण्डको आर्थिक विकासका लागि अन्तरिक्ष प्राविधिक संस्था मिनि बर्डसको एउटा भाग रहेको यस परियोजनाअन्तर्गत थाइल्यान्डले चारवटा, नेपालले एउटा भूउपग्रह निर्माण गर्ने लक्ष्य लिइएको विज्ञप्तिमार्फत् जनाइएको छ। यो भूउपग्रहलाई प्राविधिक भाषामा ‘वानयुक्युबस्याट’ भनिन्छ।

विद्यालय तहका विद्यार्थीको सहभागिता रहेको यो परियोजना विश्वकै पहिलो भूउपग्रह नक्षत्र परियोजना हुने उल्लेख गरिएको छ।

अन्तरिक्ष भू–उपग्रह निर्माण गर्ने प्रयोगशाला ‘स्पेस सिस्टम ल्याबोरेटोरी’ काठमाडौँ युनिभर्सिटी हाइस्कुल, चौकोट, काभ्रेमा रहेको छ। यस परियोजनामा काठमाडौँ युनिभर्सिटी हाइस्कुलसहित काभ्रेकै सञ्जीवनी नमुना मावि, धुलिखेल, चैतन्य मावि बनेपा र आजाद मावि बनेपाका कक्षा ११ मा अध्ययनरत ९ जना विद्यार्थी संलग्न हुने विज्ञप्तिमार्फत् जानकारी दिइएको छ।

काठमाडौँ युनिभर्सिटी हाइस्कुलका ६ जना र अन्य स्कुलका १–१ जना गरी कूल ९ जना विद्यार्थी सहभागिता रहनेछन्।

यो परियोजनाको समयावधि शुरुदेखि प्रक्षेपण गर्ने बेलासम्म दुई वर्षको हुनेछ। यो भूउपग्रह निर्माण भएपछि पृथ्वीबाट ४ सय किमि दूरीमा पृथ्वीको कक्षमा परिक्रमा गराइने छ।

काठमाडौँ युनिभर्सिटी हाइस्कुलमा रहेको यो अन्तरिक्ष प्रणाली प्रयोगशाला, बनेपाले उपत्यकाका लागि विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको आउटरिच केन्द्रका रुपमा काम गर्ने बताइएको छ।

यस परियोजनामा डाँफे स्पेस मिसनअन्तर्गत प्रशिक्षित विद्यार्थीको समूहले उल्लिखित विद्यालयका विद्यार्थीलाई आवश्यक तालिम र प्रशिक्षण प्रदान गर्नेछ।

नेपालका सरकारी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले भू–उपग्रह निर्माण गर्न सक्छन् भन्ने तथ्य प्रमाणित गर्नु यो परियोजनाको उद्देश्य हो।

यस परियोजनाको लक्ष्य हासिल गर्न काठमाडौँ युनिभर्सिटी हाइस्कुलमा शुरु भइसकेको पहिलो चरणको भू–उपग्रह निर्माणसम्बन्धी बुटक्याम्प डिसेम्बर ३१, २०२१ सम्म चल्ने जनाइएको छ।

पब्लिक प्राइभेट पार्टनरसिप मोडलमा शुरु गरिएको यो परियोजनाको मुख्य सहयोगीका रूपमा नेपाल सरकार रहने छ भने अन्य आर्थिक सहयोग निजी संस्थाबाट संकलन गरिने विज्ञप्तिमा उल्लेख छ।

यस परियोजनाको मुख्य सहयोगी संस्था अन्तरिक्ष प्रतिष्ठान नेपालले हालसम्म सानिमा बैंक, हिमालयन जनरल इन्स्योरेन्स, बैंक अफ काठमाडौँ र गरिमा विकास बैंकबाट सहयोग पाइसकेको छ। अन्तरिक्ष प्रतिष्ठान नेपाललाई डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र तथा न्याटकम र युनेस्कोको पनि सहयोग रहेको छ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १ : १७ बजे

राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउडका कलाकारहरूको साथ

काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई

सोलुखुम्बुका सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूसँग

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक

एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

म्याग्दी– म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको

दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १२.९८ प्रतिशत घट्यो

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत