ए डिभिजन लिगको तयारी पूरा, भोलि लिग सुरु हुँदै « Khabarhub

ए डिभिजन लिगको तयारी पूरा, भोलि लिग सुरु हुँदै


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल शुक्रबार सुरु हुने भएको छ । लिगको सम्पूर्ण तयारी पुरा भएको नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा प्रतिस्पर्धा गर्ने क्लवले उत्कृष्ठ नजिता ल्याउने पनि जनाएका छन् ।

लिग अघि बिहीबार दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा क्लवका प्रशिक्षक तथा कप्तानहरुले उत्कृृष्ठ खेल खेल्ने र राम्रै नजिता निकाल्ने दाबी गरे । मनाङ मस्याङ्दीका कप्तान विमल रानाले अघिल्लो सिजनको तुलनामा यस सिजनमा सुधार गर्ने बताए ।

आर्मीका कप्तान भरत खवासले लक्ष्य भनेको लिगको च्याम्पियन बन्ने भएको बताए । त्यस्तै अधिकांश टिमका प्रशिक्षक र कप्तानले मुख्य लक्ष्य उपाधि जित्नु रहेको समेत बताए ।

लिग अन्तर्गत शनिबारदेखि हरेक दिन दुई खेल हुनेछन् । कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् ।

अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो । यस पटकको लिग विजेताले ७५ लाख पाउने छ । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छ । हरेक खेलको विजेताले ५० हजार पाउने छन् । खेल बराबरीमा सकिए दुबै टोलीले २५–२५ हजार पाउने एन्फाले जनाएको छ ।

 

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ६ : २० बजे

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली