कोरोनाले मृत्यु हुनेको संख्या ५१ लाख ४६ हजार नाघ्यो | Khabarhub Khabarhub

कोरोनाले मृत्यु हुनेको संख्या ५१ लाख ४६ हजार नाघ्यो

५ लाख ४६ हजार ७८ संक्रमित थपिए


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५१ लाख ४६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ४८२ संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ५१ लाख ४६ हजार ७८ पुगेको हो ।

ओल्डोमिटरको तथ्यांकअनुसार रुसमा थप एक हजार २५१, अमेरिकामा एक हजार ४२, ब्राजिलमा २७९, टर्कीमा २२६ र बेलायतमा १९९ संक्रमितको मृत्यु भएको हो ।

यही अवधिमा ५ लाख ४६ हजार ७८ जना संक्रमित थपिएका छन् भने ४ लाख ३ हजार ७४२ जना संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा ९० हजार ५२५, बेलायतमा ४६ हजार ८०७, रुसमा ३७ हजार ३७४, टर्कीमा २२ हजार २३४ र ब्राजिलमा १२ हजार ३०१ संक्रमित थपिएका हुन् ।

योसहित कुल संक्रमितको संख्या २५ करोड ६२ लाख ९६ हजार ३२० पुगेको छ ।

त्यसैगरी अमेरिकामा ५८ हजार २९६, रुसमा ३६ हजार ८९४, बेलायतमा ३३ हजार ८९४, टर्कीमा २९ हजार ५३८ र ब्राजिलमा १२ हजार ९७ संक्रमित थप निको भएका हुन् ।

यससँगै विश्वभर निको हुनेको संख्या २३ करोड १५ लाख २ हजार ३३७ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : २५ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न