‘ए’डिभिजन लिगको उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स क्लब भिड्ने | Khabarhub Khabarhub

‘ए’डिभिजन लिगको उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स क्लब भिड्ने


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आज शुक्रबारदेखि सुरु हुँदैछ ।

लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच भिड्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दुबै टोलीले उत्कृष्ठ नजिता ल्याउने तयारी गरेका छन् ।

लिग अन्तर्गत भोलि शनिबारदेखि हरेक दिन दुई खेल हुनेछन् । कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

लिग अघि बिहीबार दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा क्लवका प्रशिक्षक तथा कप्तानहरुले उत्कृष्ठ खेल खेल्ने र राम्रै नजिता निकाल्ने दाबी गरेका थिए ।

यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् ।

यस पटकको लिग विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख पुरस्कार पाउने छ । हरेक खेलको विजेताले ५० हजार पाउने छन् । खेल बराबरीमा सकिए दुबै टोलीले २५–२५ हजार पाउने एन्फाले जनाएको छ । अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : ५५ बजे

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

मस्को– रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस महिनाभरि

सुदूरपश्चिम प्रदेशले १० लाखभन्दा कमका आयोजना कार्यान्वयन नगर्ने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले १० लाख रुपैयाँभन्दा कम रकम विनियोजन

आइसीसी वारेन्टका आधारमा स्लोभेनियाद्वारा नेतान्याहुलाई देश प्रवेशमा प्रतिबन्ध

जुब्लियाना– स्लोभेनियाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई देश प्रवेशमा प्रतिबन्ध लगाएको

प्रभावित पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ– प्रतिकूल मौसम र जेन-जी युवाहरूको प्रदर्शनले उत्पन्न परिस्थितिका कारण