राष्ट्रिय टोलीका कप्तान किरणले माल्दिभ्सको लिग खेल्ने « Khabarhub

राष्ट्रिय टोलीका कप्तान किरणले माल्दिभ्सको लिग खेल्ने


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्सको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन् ।

चेम्जोङले माल्दिभ्सको माझिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबबाट खेल्ने भएका हुन् । त्यसका लागि उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । किरणले यसअघि भारतको आईलिग क्लब पन्जाब एफसीबाट खेल्दै आएको थिए ।

पन्जाब एफसीसँगको सम्झौता समाप्त भएपछि किरणले माल्दिभ्सको माझिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबसँग अनुबन्ध भएका हुन् ।

नेपालमा शीर्ष श्रेणीको ‘ए’ डिभिजन लिग आजबाट सुरु हुँदा किरण भने माल्दिभ्स लागेका हुन् ।

उनले यसअघि माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबबाट पनि खेलेका थिए । २०१८–१९ को सिजनमा टिसी स्पोर्टसबाट खेल्दा किरणले लिगको उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए । स्पोर्ट्स एण्ड रिक्रिएसन क्लब किरणका लागि माल्दिभ्सको दोस्रो क्लब हो ।

किरणले नेपालमा गत जेठमा सम्पन्न नेपाल सुपर लिगमा धनगढी एफसी क्लबबाट खेलेका थिए । धनगढी सुपर लिगमा दोस्रो भएको थियो । किरणले नेपालबाट मच्छिन्द्र, थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लबबाट पनि खेलेका थिए ।

किरणकै कप्तानीमा नेपालले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल खेलेको थियो । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ७ : २० बजे

तस्बिरमा हेर्नुहोस्, राप्रपाको सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम 

काठमाडौं– राप्रपाले सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम आयोजना

बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त

भक्तपुर– देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले

चर्चामा ‘पारी बुटोल’को टिजर

काठमाडौं – ग्याङस्टार जनारमा निर्माण भएको फिल्म ‘पारी बुटोल’ को

गृहमन्त्री गुरुङ भन्छन्- आरोप र सत्य एउटै कुरा होइन

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी

विवादमा मुछिएपछि गृहमन्त्रीको स्पष्टीकरण : २५ लाख सेयर लुकाइएको होइन, अनुसन्धानमा सघाउँछु

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी