ए डिभिजन लिग : उद्घाटन खेल गोलरहित बराबरी « Khabarhub

ए डिभिजन लिग : उद्घाटन खेल गोलरहित बराबरी


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् ।

शुक्रबार भएको उद्घाटनमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड जमाएको थियो । तर, गोल निकाल्न सकेन । खेलको ७६ औं मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा समेटिएको थियो । डिफेन्डर रोनिल एन्थोनी पाउलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि फ्रेन्ड्स १० खेलाडीमा सिमित भएको हो ।

खेलको इन्जुरी समयमा सातदोबाटोले गोलको सुनौलो मौका गुमायो । उसका सुशील राईको प्रहार गोललाइन नजिकैबाट फ्रेन्ड्सका कप्तान सुरजले बचाए । यस बराबरीसँगै सातदोबाटो र फ्रेन्ड्सले पहिलो खेलमा १–१ अंक पाएको छ । लिग अन्तर्गत शनिबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ७ : ४० बजे

विपिनको असन्तुष्टि : सांसद बोलिरहने, सरकारल‍े नसुन्ने अवस्था अब स्वीकार्य हुँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन आचार्यले वरिष्ठ नेता वालेन्द्र

महालेखाको प्रतिवेदन देखाउँदै ज्ञानेन्द्रले साँधे अर्थमन्त्री स्वर्णिममाथि निशाना

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

बीपी क्यान्सर अस्पताल नेतृत्वका लागि सात चिकित्सक प्रतिस्पर्धामा

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर

अर्थमन्त्रीको चुनौती- करमा बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छु

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर निर्धारणमा सूचना

आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

चन्द्रपुर– चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र