प्रहरीले नष्ट गर्‍यो ५० हजारभन्दा बढी गाँजाको बोट « Khabarhub

प्रहरीले नष्ट गर्‍यो ५० हजारभन्दा बढी गाँजाको बोट


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा अवैध रुपमा खेतमा लागाएको गाँजा फडानी गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मिर्चैया नपा ७, ८ र ९ नम्वर वडा र गोलबजार नपाको ७, ८ र १० नम्बर वडाको करिब १० विगाहा जमिनबाट ४५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी आगजनी गरेको हो ।

अवैधरुपमा लगाएको गाँजा फडानी गर्ने अभियानअन्तर्गत फल लाग्नुभन्दा अगावै फडानी गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । अहिले नै नष्ट गर्दा प्रहरीलाई पनि हैरानी कम हुने र किसान पनि निरुत्साहित उनले बताए ।

यस क्षेत्रका किसानहरुले प्रहरीलाई झुक्याउन चारैतर्फ उखु, रहर, तरकारी खेती लगाएर बीचको भागमा गाँजा लगाउने गरेको पाइएको प्रहरीको भनाइ छ । कतिपयले करेसाबारी तथा आँगनमासमेत गाँजाको विरुवा लगाउने गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ३ : ५० बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण