झापाबाट नक्कली अमेरीकी डलरसहित एकजना भाभरतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

झापाबाट नक्कली अमेरीकी डलरसहित एकजना भाभरतीय नागरिक पक्राउ


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– विदेशी जालीनोटका कारोवारीले झापालाई ट्रान्जिट बनाएको पाइएको छ । एक जना भारतीय नागरिक नक्कली अमेरीकी डलर सहित पक्राउ परेसँगै यो तथ्य बाहिरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर विमानस्थलबाट काठमाडौँ जान लागेका भारतको पश्चिम बंगाल घर भएका दुर्लव रोय चौधरी पक्राउ परेका हुन् । उनको हाते झोलाबाट एक सय दरका २ सय २६ थान अमेरीकी डलरका नोट पनि बरामद भएको छ ।

२४ वर्षीय चौधरीको साथबाट उनको भारतीय राहदानी र आधारकार्ड समेत बरामद भएको छ । अदालतबाट म्याद थप गरि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : १० बजे

उत्तरी गोरखाबाट सुत्केरी र शिशुको उद्धार

गोरखा – उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको

महाधिवेशनको मितिले कांग्रेसमा भाँडभैलो

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति

एशियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल

काठमाडौं – एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको

अशोक राईको जनता समाजवादी पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीच एकताको तयारी

काठमाडौँ– विभिन्न १० कम्युनिस्ट घटक दल मिलेर बनेको नेपाली कम्युनिस्ट

महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा समावेश गराउन माग

काठमाडौं – महिला स्वास्थ्य स्वयंसेविकालाई श्रमिकको मान्यता दिई मर्यादित पेसाका