लागुऔषधसहित पर्सामा ३ जना पक्राउ « Khabarhub

लागुऔषधसहित पर्सामा ३ जना पक्राउ


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागुऔषधसहित पर्सामा तीनजना पक्राउ परेका छन् । दुईजना आइतबार पक्राउ परेका हुन् भने एकजना शनिबार पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । आइतबार पक्राउ पर्नेमा चितवनको रत्नगरका २२ वर्षीय समिर नेपाली र सोही स्थानका २८ वर्षीय सुरेश बिक रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुलाई प्रहरी चौकी ईनर्वा र लागुऔषध ब्यूरो पर्साबाट खटिएको संयुक्त चेकिङग टोलीले भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको बेला लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले नाईट्रोभेट ट्याव्लेट ४५० पिस, कोरेक्स सिरप १९ बोतल, डाईजीपाम २५ एम्पुल, नुफ्रिन २५ एम्पुल र फेनरागन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल बरामद गरेको छ ।

यस्तै शनिबार पर्साको धोविनी गाउँपालिकाका २६ वर्षीय दिवाकर कुमार साहलाई पर्साको छिपरमाई गाउँपालिका वडा नं ४ बन्जारी पुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउदै गरेको ना४५ प ११६४ नम्बरको मोटरसाइकल र लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट नुफ्रिन ४५० एम्पुल, डाइजोपाम ४५० एम्पुल र प्रोमिफाइजाम हाईड्रोकोलोराइड ४५० एम्पुल गरी जम्मा १३५० एम्पुल बरामद भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : १८ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठनले खाली सिलिन्डर र थाल–कचौरा बोकेर नेपाल आयग

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष