लागुऔषधसहित पर्सामा ३ जना पक्राउ « Khabarhub

लागुऔषधसहित पर्सामा ३ जना पक्राउ


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागुऔषधसहित पर्सामा तीनजना पक्राउ परेका छन् । दुईजना आइतबार पक्राउ परेका हुन् भने एकजना शनिबार पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । आइतबार पक्राउ पर्नेमा चितवनको रत्नगरका २२ वर्षीय समिर नेपाली र सोही स्थानका २८ वर्षीय सुरेश बिक रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुलाई प्रहरी चौकी ईनर्वा र लागुऔषध ब्यूरो पर्साबाट खटिएको संयुक्त चेकिङग टोलीले भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको बेला लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले नाईट्रोभेट ट्याव्लेट ४५० पिस, कोरेक्स सिरप १९ बोतल, डाईजीपाम २५ एम्पुल, नुफ्रिन २५ एम्पुल र फेनरागन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल बरामद गरेको छ ।

यस्तै शनिबार पर्साको धोविनी गाउँपालिकाका २६ वर्षीय दिवाकर कुमार साहलाई पर्साको छिपरमाई गाउँपालिका वडा नं ४ बन्जारी पुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउदै गरेको ना४५ प ११६४ नम्बरको मोटरसाइकल र लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट नुफ्रिन ४५० एम्पुल, डाइजोपाम ४५० एम्पुल र प्रोमिफाइजाम हाईड्रोकोलोराइड ४५० एम्पुल गरी जम्मा १३५० एम्पुल बरामद भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : १८ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको