बैतडी जीप दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो, सबैको परिचय खुल्यो « Khabarhub

बैतडी जीप दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो, सबैको परिचय खुल्यो


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नंको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

जीपमा सवार रहेका सात जनामध्ये पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुने सबै दशरथचन्द नगरपालिका–६ का रहेका छन् ।

दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्यु भएको खड्काले बताए ।

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा लगिएको छ । राति साढे आठ बजेतिर जीप सडकबाट सात सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १० : ३२ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज