कांग्रेस महाधिवेशन : खोटाङमा सभापतिका चारमध्ये दुई आकांक्षीबीच सहकार्य | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : खोटाङमा सभापतिका चारमध्ये दुई आकांक्षीबीच सहकार्य


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा नेपाली कांग्रेस जिल्ला सभापतिका दुई आकांक्षीले सहकार्य गर्ने भएका छन् । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पार्टी सभापति शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री सर्वधन राई र नेता कृष्णप्रसाद सिटौला निकट महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईबीचमा सहकार्य गर्ने सहमति भएको हो ।

हालसम्म दुबैले जिल्ला सभापतिमा दाबी गर्दै आएका थिए । महाधिवेशन प्रतिनिधि भूपेन्द्रले पूर्वराज्यमन्त्री सर्वधनलाई सभापतिमा सहयोग गर्ने सहमति भएको स्रोत जनाएको छ । दुई पक्ष जिल्ला कार्य समितिका पदाधिकारी, सदस्य तथा संघीय महाधिवेशन प्रतिनिधि टुंग्याउन छलफलमा जुटेको छ । क्षेत्रीय कार्यसमिति (प्रदेश क र ख)को मत परीणामपछि सभापतिका दुई आकांक्षी एक ठाउँमा आइपुगेका हुन् ।

रामचन्द्र पौडेल निकट पूर्वसभापति विष्णुकुमार राई र देउवा निकट महासमिति सदस्य रवीप्रकाश राई पनि कांग्रेसको जिल्ला सभापतिको दौडमा छन् । महाधिवेशन प्रतिनिधि राईले पूर्वराज्यमन्त्री राईलाई समर्थन गर्ने भएपछि अब सभापतिका आकांक्षी तीन जना बाँकी छन् । पूर्वसभापति राईलाई वर्तमान सभापति नरेश श्रेष्ठ र शेखर कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको पनि समर्थन छ ।

निर्वाचन तालिका प्रकाशन

कांग्रेसको जिल्ला अधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन तालिका प्रकाशन गरेको छ ।

सोमबार बिहान ८ बजेदेखि ८.३० बजेसम्म मतदाताको नामावलीमा दाबी विरोध, बिहान ९.३० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयपत्र दर्ता, दिउँसो २ बजेसम्म उम्मेदवारको प्रथम नामावली प्रकाशन, दिउँसो २.३० बजेसम्म उम्मेदवारको नामावली उपर दाबी विरोध, दिउँसो ४ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन तालिका प्रकाशन गरेको छ ।

मतदान मंगलबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ६ : ३० बजे

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति

भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं – सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ । बैठकअघि प्रधानमन्त्री

कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

रसुवा – कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु

अर्घाखाँचीमा घर प्लास्टर गर्दा खसेर एक मजदुरको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीमा घर प्लास्टर गर्ने क्रममा खसेर एक मजदुरको