‘ट्रान्सजेन्डर’नुराको चमकदार अनुहारमा लुकेको पीडा | Khabarhub Khabarhub

‘ट्रान्सजेन्डर’नुराको चमकदार अनुहारमा लुकेको पीडा


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेप्टेम्बर महिनामा मलेसियाका अध्यागमन अधिकारीहरूले अस्वाभाविक किसिमले एक जनालाई गिरफ्तार गरेको समाचार प्रकाशमा आयो । यसरी गिरफ्तार हुनेमा अरु कोही नभएर ३६ वर्षीय ग्ल्यामरस नुर साजाद कामारजामान थिइन् । कस्मेटिक ‘इन्टरप्रेनर’ नुर साजाद मलेसियामै सामाजिक सञ्जालमा धेरै फ्लोअर भएका मध्यकी एक हुन् ।

जनवरी मै उनीमाथि इस्लामको उपहास गरेको आरोप लगाइएको हो । यो आरोप अनुसार उनलाई तीन वर्ष जेल पनि हुन सक्छ । २०१८ मा आफैले आयोजना गरेको धार्मिक कार्यक्रममा लगाइएको पोसाकको आधारमा उनलाई गिरफ्तार गरिएको हो । नुर साजाद ‘ट्रान्सजेन्डर’ हुन् । मलेसियाका अधिकारीको हेराइमा उनी पुरुष हुन् । त्यसकारण उनले महिलाको पहिरन लगाउनु गलत हो । अस्ट्रेलियामा शरणार्थीको रूपमा बस्न चाहेकी उनलाई यस अघि नै थाइल्यान्डले शरणार्थीको रूपमा स्वीकार गरी सकेको थियो।

सञ्चारमाध्यमसँगको कुराकानीमा उनी आफूमाथि आक्रमण भईसकेपछि यो स्थान छाड्नुको विकल्प नभएको नै बताउँछिन् । धार्मिक सरोकार राख्ने अधिकारीहरू जीयाएसले उनीमाथि सेलान्गर राज्यमा रहँदा आक्रमण गरेका थिए । सोही राज्यमा उनी एक पटक गिरफ्तार भएकी थिइन् ।

‘मलाई भाग्नु परेको थियो । मलाई असह्य व्यवहार गरियो । मेरै अभिभावकका अगाडि मलाई धकेल्ने, पिट्ने र चिथोर्ने समेत भयो । म लज्जित भएँ । मैले आफ्नो सबै कुरा राखेँ पनि उनीहरूले मलाई छाडेनन् ।’ पीडादायक अवस्था सम्झँदै उनी भन्छिन्, ‘उनीहरूले मलाई यो सब गरे किनकि म ट्रान्सजेन्डर हुँ । उनीहरूले यसै कारण मेरो कुरामा ध्यान दिएनन् । हाम्रा पनि भावना हुन्छन् र अन्य व्यक्तिले झैँ बाच्ने अधिकार हुन्छ ।’

नुर साजाद सक्रिय तथा आफ्नै मेहनतले निखारिएकी इन्टरप्रेनर हुन् । सात वर्ष अगाडि उनले आफूलाई सामाजिक सञ्जालमा प्रमोट गर्ने घोषणा गरेकी थिइन् । उनले आफ्ना लागि भिन्नै स्किन केयर र स्वास्थ्यका लागि आवश्यक अन्य सामग्री तयार पार्न थालिन् । यो सँगै उनको नाम नै ब्रान्ड बन्न थालेको थियो ।

चमकदार अनुहार र हेर्न लायक मिडिया प्रस्तुतिले उनका समर्थक लाखौँको मात्रामा बढ्दै गए र सेलीब्रटीको रूपमा स्थापित भइन् । यसपछि उनको लैङ्गिक पहिचानबारे प्रश्न उठ्न थालेको हो ।

सबैलाई के थाहा थियो भने नुर साजादले २०१३ मा थाइल्यान्डमा भएको ट्रान्सजेन्डर ब्युटी कन्टेस्टमा सहभागी भएकी थिइन् । तत्कालीन समयमा त्यो कन्टेस्टले संसारकै ध्यान आकृष्ट गर्न सफल भएको थियो । कन्टेस्टमा उनले नृत्यका लागि अवार्ड जितेकी थिइन् ।

मलेसियामा फर्केपछि उनी इस्लाम महिलाले टाउको ढाक्न लगाउने हिजाब पहिरिएपछि विवादमा परेकी थिइन् । कसैले यसलाई इस्लाम प्रतिको आस्थाको निरन्तरताको रूपमा बुझे भने कसैले उपहासको रूपमा बुझे ।

उनले धेरैलाई आफू जन्मिदा नै महिला र पुरुषकै अङ्गको केही मिसिएको रूपमा जन्मिएको बताउन थालिन् । यो बताएसँगै उनी माथिको आक्रमण झनै बढ्न थालेको हो । दुवै लैङ्गिक अवस्था भएकालाई त्यहाँका धार्मिक क्षेत्रमा गरिने व्यवहार अझ खराब छ । २०१७ मा साजादले आफू पूर्ण रूपमा महिला भएको दाबी गरिन् । सोही समय उनले यसलाई पुष्टि गर्ने चिकित्सकीय प्रमाण पनि पेस गरिन् ।

यसपछि नै त्यहाँका अधिकारीहरूले यसलाई छानबिन गर्ने सोच बनाए । इस्लामिक विकासका लागि गठन भएको विभाग जाकिमले उनीमाथि छानबिन गर्न सुरु गरेको हो । नुर साजादको लैङ्गिक विवाद निम्तिएपछि जन्मिदा दुवै लैङ्गिक अवस्था भएको प्रमाण जुटाउन भनिएको थियो ।

गत वर्ष मक्कामा आफ्नै परिवारसँगै गएकी उनी आफ्नै गार्मेन्टमा उत्पादित इस्लाम पहिरनसहित उपस्थित भइन् । उनको यही प्रस्तुति धेरैका लागि टाउको दुखाइ बनेको थियो । यसरी कोलाहल नै मच्चिएपछि उनले यसमा क्षमा याचना पनि गरेकी थिइन् । यसका बाबजुद पछिल्लो एक वर्ष उनी कानूनी झमेलामा परेकी छिन् ।

‘यदि म धार्मिक थिएँ भने म किन यसरी जन्मिएँ भनेर प्रश्न गर्न सक्छु ? एक इस्लाम धर्मावलम्बी ट्रान्सजेन्डर महिलाको नाताले मेरो धर्मलाई मान्ने मेरो आफ्नै तरिका हुन सक्छ । यदि उनीहरू भगवानकै नाममा यो सब गरी रहेका छन् भने मलाई सजाय दिने कुनै अधिकार छैन’, नुरले आफ्नो कुरा व्यक्त गरेकी छिन् । नुरले यो धारणा राखी सकेपछि मलेसियाको धार्मिक मामला विभागले कुनै प्रतिक्रिया दिएको छैन ।

सेप्टेम्बर महिनामै धार्मिक मामला मन्त्री इद्रीयस अहमदले नुरलाई पुरुषको रूपमा इङ्गित गर्दै आफ्नो धारणा राखेका थिए । ‘उ आफ्नो ढङ्गले हाम्रो सामु प्रस्तुत हुन्छ भने त्यो गलत हो । उ साँचो प्राकृतिक रूपमा प्रस्तुत भए यसमा समस्या हुने छैन । हाम्रो चाहनालाई उसलाई सजाय दिने होइन । हाम्रो चाहना त उसलाई शिक्षा दिने हो,’ मन्त्री अहमदले भनेका छन् ।

पर्लीसमा रहेका वरिष्ठ इस्लाम सल्लाहकार मोहम्मद अस्री जैनुल अबिदिनले साजादको केस अनौठो खाले भएको प्रतिक्रिया दिएका छन् । अविदिनले साजादले नै धार्मिक अधिकारीलाई उक्साउने किसिमको गतिविधि गरेको आरोप लगाएका छन् । ‘इस्लाम धर्मले व्यक्तिगत सवालमा चासो दिँदैन । यसलाई ईश्वर र तिमी बिचको कुरा भनेर छाड्ने गरिएको छ । तर महिलाको रूप धारण गरेर महिलाको शौचालयमा प्रवेश गर्नु भने अपराध हो ।’

मलेसियामा अप्ठेरो कानून छ । एकातर्फ धेरै प्रान्तमा इस्लामिक सायरीया कानून छ भने अर्कोतर्फ त्यहाँको सङ्घीय कानूनका आफ्नै विशेषता छन् । यसले सबै खाले एलजीबीटीलाई समस्यामा पारेको छ ।

महिलाको पहिरन लगाएकै कारण जेल परी सकेकी ट्रान्सजेन्डर अभियन्ता निसा आयुव हरेक राज्यमा सारिया कानून उनीहरूको विरुद्धमा लक्षित रहेको बताउँछिन् । सारिया कानूनकै कारण त्यहाँका राजनीतिज्ञ, नेता र धार्मिक अधिकारीहरू ट्रान्सजेन्डरको विरुद्धमा नकारात्मक धारणा राख्दै हिँडेको र यसले आफूहरूलाई अप्ठेरो पारेको उनको मत छ ।

महिला अधिकारका लागि काम गरी रहेको संस्थाकी नेतृ रोजना इसा कुनै समय मलेसियाको सरकार ‘ ट्रान्सजेन्डर’ प्रति लचिलो र स्वीकार गरी सकेको अवस्था रहेको बताउँछिन् । उनकै विचारमा नुर साजादलाई पनि त्यहाँका इस्लामहरूले स्वीकार गरी सकेका थिए । ‘तपाइ उनीहरूलाई हाम्रै समूदायमा, हाम्रै परिवारमा र सामाजिक जीवनमा देख्न सक्नु हुन्छ । तर, पछिल्लो ३० वर्ष यता इस्लामिक कठोरपन बढ्दै गएपछि अवस्था फेरिएको छ ।

अहिले नयाँ कानून तथा इस्लामबारे नयाँ व्याख्या देख्न सकिन्छ । विविधताको पक्षबाट हेर्दा यो स्वीकार गर्न नै धेरै कठिन भएको छ’ रोजानाको त्यहाँ इस्लाम धर्मका नाममा बढ्दै गएको कठोरपनाको व्याख्या गरे पनि कानुनी प्रावधान विरोधाभास छ । इस्लाम मलेसियाको एक मात्र औपचारिक धर्म होइन । तर मलाए भए बापत मान्नै पर्ने केही विशेषता छन् । मलाए मलेसियाको सबैभन्दा बढी जनसङ्ख्या ओगटेको समूदाय हो ।

निर्वाचन बढ्दै जाँदा हरेक राजनीतिक दलले त्यहाँ ‘ मलाया हर्ट ल्यान्ड’को मुद्दा उठाउने गरेका छन् । सो समयमा धेरै राजनीतिक अतितवादका कुराले पनि मानिसहरू खुसी रहन सक्छन् । यी क्षेत्रहरूमा दलहरूले इस्लामिक मूल्यलाई अझ कडा बनाउने कुरा उठाइ रहेका हुन्छन् ।

निसा आयुव ‘ट्रान्सजेन्डर’को अधिकार र भिन्न खालको इस्लाम धर्मावलम्बीको सम्मानलाई सुरक्षित गर्नुपर्ने दायित्व सरकारको नै भएको धारणा राख्छिन् । उनले यसैका लागि पाकिस्तान लगायत देशले आफूलाई परिवर्तन गरिरहेको उदाहरण दिन चाहन्छिन् ।

उनले देशका नेताले अल्पसङ्ख्यकको धारणाको सम्मान गर्न सके यो ठूलो परिवर्तन हुने कुरामा जोड दिन्छिन् । उनी कानून परिवर्तन गर्दै लैङ्गिक अल्पसङ्ख्यकका लागि काम भए यसले यस समूदायमा रहेका जीवन सहज हुने बताउँछिन्।

नुर साजादले आफूले ‘एडप्ट’ गरेका छोरा र छोरीलाई अहिले मिस गरी रहेकी छिन् । यी दुवै उनको परिवारसँग मलेसियामा बसिरहेका छन् । नुर भने अस्ट्रेलियामै रहेर यो समूदाय र अन्यसँग आफ्ना अनुभव साटिरहेकी छिन् ।
राजानले भने नुरले केही बिगार नगरेको बताउँदै उनको सामाजिक सञ्जालमा केही पनि खराब विषय उल्लेख नभएकोमा अडिग छिन् । उनी सरकारी र धार्मिक अधिकारीहरू अन्यलाई परिष्कृत बनाउनु भन्दा उनीहरू आफै परिष्कृत हुन आवश्यक रहेकोमा जोड दिन्छन् ।

मलेसियामा नुर साजादले यो समस्या भोगी रहे पनि कतिपय देशका सारिया कानुनले ‘ ट्रान्सजेन्डर’लाई विवाहका लागि अनुमति दिएका छन् । यसमा पाकिस्तानले एकै पटक यो अधिकार दिए पछि यो समाचार संसारमा चर्चाको विषय बनेको थियो ।

मान्छे कसरी जन्मने भन्ने आफ्नो बसको विषय होइन । अस्वाभाविक लैङ्गिक स्वरूपकी नुरले आफूले पनि अन्यले जस्तै सम्मानजनक जीवन बाच्न पाउनु पर्छ भन्ने आवाजमा अहिले धेरै मानव अधिकारकर्मीको ध्यान पनि आकृष्ट भएको छ ।
सायद, यही आवाज संसारमा नै फैलिएकै कारण मलेसिया सरकारले पनि यस समस्यालाई समाधान गर्न नयाँ कानूनको तयारी पनि गर्ने छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ९ : ०९ बजे

नेपालमा निर्वाचन : पद्म शमशेरकहाँ मङ्गलादेवीको धर्ना, ढ्वाङको रङले छुट्टिएका मतदाता

काठमाडौं- नेपालका राजनीतिक दलहरू यतिबेला मंसिर १६ मा हुन गइरहेको स्थानीय

राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

डडेल्धुरा– आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या

२८५ कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

काठमाडौं– सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले २८५ जना कैदीबन्दीलाई

अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

काठमाडौं– अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको

राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष