फेवा किनारमा आगो ३ घण्टापछि नियन्त्रणमा, पाँच रेष्टुरेण्ट जलेर नष्ट « Khabarhub

फेवा किनारमा आगो ३ घण्टापछि नियन्त्रणमा, पाँच रेष्टुरेण्ट जलेर नष्ट


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखराको फेवाताल किनारमा आगलागी भएको छ ।

ताल किनारमा रहेका रेष्टुरेण्टमा आगलागी हुँदा पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् । ‘पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा जलेका छन् । डेढ करोड भन्दा बढी क्षति देखिन्छ,’ बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले भनिन्, ‘अझै क्षतिको विवरण पूरा आएको छैन । थपिन सक्छ ।’

आगो करिब ३ घण्टामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । ‘आगलागीको कारण खुलेको छैन ।

सोमबार बिहान ३ बजेदेखि आगो सुरु भएको स्थानीयले बताएका छन् । करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ९ : ३२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार