लमजुङमा खुला मिनि म्याराथन हुने « Khabarhub

लमजुङमा खुला मिनि म्याराथन हुने


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला खेलकुद विकास समिति लमजुङले यही मंसिर १८ गते खुला पुरुष मिनि म्यारथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सुन्दरबजार नगरपालिका- ९ भोटेओडारमा म्याराथन दौड सञ्चालन गरिने समितिका अध्यक्ष योगबहादुर गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

बेसीशहर नगरपालिकाको प्रवेशद्वारदेखि भोटेओडार, सिउँडीबार, लमजुङ क्याम्पस गेट, पाउँदी हुँदै भोटेओडार बगैचा सम्म करिब १५ किलोमिटरको प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद परिषद गण्डकीले ४५ हजार रुपैयाँ बजेट पठाएको र बाँकी रकम समितिले नै जुटाउने अध्यक्ष गुरुङले बताए । प्रतियोगीता सञ्चालनका लागी ४ लाख ६० हजार खर्च अनुमान छ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ४४ हजार ४ सय ४४ रुपैयाँ, द्वितियलाई २२ हजार २ सय २२, तृतीयलाई ११ हजार १ सय ११ र सान्त्वना दुई जनालाई प्रतिव्यक्ति ५ हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : ०६ बजे

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका