लमजुङमा खुला मिनि म्याराथन हुने | Khabarhub Khabarhub

लमजुङमा खुला मिनि म्याराथन हुने


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला खेलकुद विकास समिति लमजुङले यही मंसिर १८ गते खुला पुरुष मिनि म्यारथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सुन्दरबजार नगरपालिका- ९ भोटेओडारमा म्याराथन दौड सञ्चालन गरिने समितिका अध्यक्ष योगबहादुर गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

बेसीशहर नगरपालिकाको प्रवेशद्वारदेखि भोटेओडार, सिउँडीबार, लमजुङ क्याम्पस गेट, पाउँदी हुँदै भोटेओडार बगैचा सम्म करिब १५ किलोमिटरको प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद परिषद गण्डकीले ४५ हजार रुपैयाँ बजेट पठाएको र बाँकी रकम समितिले नै जुटाउने अध्यक्ष गुरुङले बताए । प्रतियोगीता सञ्चालनका लागी ४ लाख ६० हजार खर्च अनुमान छ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ४४ हजार ४ सय ४४ रुपैयाँ, द्वितियलाई २२ हजार २ सय २२, तृतीयलाई ११ हजार १ सय ११ र सान्त्वना दुई जनालाई प्रतिव्यक्ति ५ हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : ०६ बजे

‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान

काठमाडौं– बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा