चीनको इतिहास पुनर्लेखन गर्न खोजेका सी आफ्नै भविष्यबारे अनविज्ञ  « Khabarhub

चीनको इतिहास पुनर्लेखन गर्न खोजेका सी आफ्नै भविष्यबारे अनविज्ञ 


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत हप्ता चिनियाँ कम्युनिस्ट पार्टीको शीर्ष राजनीतिक कार्यकर्ताहरूको भेलाले पार्टीको इतिहासमा निश्चित प्रश्नहरू सम्बन्धी एउटा महत्त्वपूर्ण प्रस्ताव पारित गर्‍यो । जसमा सिको विचार प्रणालीलाई ‘२१ औँ शताब्दीको लागि मार्क्सवाद” भनेर परिभाषित गरिएको थियो। त्यति मात्र होइन, यसलाई ‘चिनियाँ संस्कृति र चीनको आत्माको सार’ भनियो।

जसमार्फत चीनका राष्ट्रपति सी जिनपिङलाई माओत्से तुङ र द्याङसिया पिङको स्थानमा राख्न खोजिएको टिप्पणी भए । प्रस्तावमा सिको विचार प्रणालीलाई २१ औँ शताब्दीको लागि मार्क्सवाद भनेर परिभाषित गरिएको छ।

तर सिको भविष्यको बारेमा भने यसै भन्न सकिने अवस्था छैन । यसमा उनी आफैँ पनि अनविज्ञ रहेको प्रष्ट देखिन्छ। किनभने चीनको अबको बाटो, चिनियाँ अर्थतन्त्रका संकट, चीनमा देखिएको बढ्दो अन्तर्राष्ट्रिय दबाब र  नजर तथा नीति स्पष्ट छैन।

यसअघि सन् १९४५ र सन् १९८१ मा यस प्रकारका दुई वटा प्रस्तावहरू मात्र पारित भएका थिए । पार्टीको इतिहासमा प्रस्तावहरू सीसीपीको रेकर्डमा निश्चित कथन प्रदान गर्नका लागि पारित गरिन्छन् । सन् १९४५ को प्रस्तावले चार वर्षपछि चियाङ काईशेकका राष्ट्रवादीहरूविरुद्धको गृहयुद्धमा विजयी हुनुअघि माओत्से तुङको पार्टीको निर्णायक नेताको हैसियतमा छाप लगायो ।

सन् १९८१ को संकल्प झनै चाखलाग्दो थियो किनभने यो पार्टी आफैँद्वारा गल्तीको एक दुर्लभ स्वीकार थियो । यसको भाषा अपमानजनक थियो तर यसले सांस्कृतिक क्रान्तिको भयावहताको लागि राष्ट्रसँग माफी मागेको थियो ।

करिब ४० वर्षपछि सिले त्यस्तै प्रकारको नयाँ प्रस्ताव पारित गराएपछि यसबारे अनेकौँ विश्लेषणहरू हुन थालेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : १८ बजे

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका