महिनावारी हुँदा धेरै रगत बग्छ ? यी हुन् घरेलु उपाय « Khabarhub

महिनावारी हुँदा धेरै रगत बग्छ ? यी हुन् घरेलु उपाय


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

हरेक महिलाका लागि महिनावारी एक प्राकृतिक प्रक्रिया हो । सबै महिलामा यसबारे आवश्यक ज्ञान नहुन सक्छ । तर धेरैले महिनावारीका विषयमा खुलेर कुरा गर्दैनन् ।

महिनावारीको समयमा धेरै मात्रामा रगत बग्नुमा विभिन्न कारण हुने गर्दछ । धेरै रगत बग्दा शरीरमा हर्मोनको सन्तुलन बिग्रने गर्दछ ।

बढी रगत बग्न नदिने केही घरेलु उपाय 

क) सुन्तलाको जुस
एक गिलास सुन्तलाको जुसमा दुई चम्चा कागतीको रस मिलाएर दैनिक तीनदेखि चार पटकसम्म पिउँदा यो समस्यामा राहत मिल्दछ ।

ख) धनियाँ
एक गिलास पानीमा धनियाँको पाउडर मिसाएर उमाल्ने र चिसो भएपछि पिउँदा पनि महिनावारीका समयमा बढी रगत बग्ने समस्या हट्छ ।

ग) अमलाको जुस
अमलाको रसमा पुदिनाको रस मिसाएर दहीमा मिसाई पिउँदा पनि रगत बग्ने समस्या कम हुन्छ ।

घ) मेवा
मेवामा पाइने पपाइन एन्जाइम्सले रगत बग्ने समस्या कम गर्दछ ।

ङ) उखुको जुस
सातामा एक पटक उखुको जुस पिउँदा महिनावारी हुँदा धेरै रगत बग्ने समस्या कम हुन्छ ।

च) दालचिनी
एक कप पानीमा दालचिनीको एक डन्डी राखेर उमाल्ने र त्यसलाई चिसो पारी पिउँदा पनि रगत बग्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

छ) तरबुजा
तरबुजामा पाइने मेग्नेशियमले शरीरमा प्रोजस्टोन र एस्टोजेन हर्मोनको स्तर व्यवस्थापन गर्न मद्दत गर्दछ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : २० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्